Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डोलि चढि तिम्रो घर गइदैन भो कान्छा बेहुली बनाइ लानलाई त कार चाहिन्छ

मुक्तक

मुहारमा चमक ल्याउन हार चाहिन्छ लालिपाउडर गाजलुको निखार चाहिन्छ

डोलि चढि तिम्रो घर गइदैन भो कान्छा बेहुली बनाइ लानलाई त कार चाहिन्छ

कल्पना ,घर्ती ,थापा लम्जुङ्ग

सातपत्र चिरेर , जन्माएको गुन छ आमा तिमी भन्दा ठुलो देउता , यो धर्तीमा कुन छ आमा

दु:ख पर्दा मन्दिर हैन ,तिम्रै काखमा मिल्छ शान्ति ममता झै चमक ल्याउने,कुन चाहिँ त्यस्तो सुन छ आमा

सुखदुःख ,बिपत्तिमा , लाग्छ तिम्रै हात प्यारो सधै अटुट साथ न घाम ,न रातको जुन छ आमा

तिमी बिना एक्लो लाग्छ ,जता जान्छु उतै खल्लो न त मिठो भोजन लाग्छ , न तरकारी नुन छ आमा

पिर नगर्नु दाजुभाइ दिदिबहिनी बस्छौ मिलि स्वार्थ छैन यो शरीरमा , ममताको खुन छ आमा

कल्पना घर्ती, थापा लम्जुङ्ग

प्रतिक्रिया:
You might also like
error: Content is protected !!