Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरी बढ्यो सुनचाँदीको मुल्य!

काठमाडौं, असोज १४ । आज साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाले बढेको छ । गत शुक्रबार तोलामा एक्कासी ७ सय रुपैयाले घटेको सुनको मुल्य आज बढेको हो । शुक्रबार प्रतितोला ५७ हजार ७ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ५७ हजार ८ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ५ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले बढेको छ । शुक्रबार प्रतितोला ७ सय २५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज तोलामा ७ सय ३५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!