Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालको बहुचर्चित खेलाडी सन्दिपले लिए ५ विकेट थाइल्याण्डमाथि सहज जित निकाल्दै नेपाल शीर्ष स्थानमा,

नेपालको बहुचर्चित खेलाडी सन्दिपले लिए ५ विकेट थाइल्याण्डमाथि सहज जित निकाल्दै नेपाल शीर्ष स्थानमा,

मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई सहजै हराउँदै नेपाल शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले दिएको १७३ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याण्डले वर्षाले खेल प्रभावित हुनुअघसि १८ रन बनाउँदै ९ विकेट गुमाएको थियो।

त्यसपछि डि एल नियमका आधारमा नेपालले १४० रनले थाइल्याण्डलाई हराएको हो। यो सँगै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा पुगेको हो।

वर्षाले खेल रोकिनुअघि थाइल्यण्डले ८.५ ओभरमा ९ विकेट गुमाउँदै १८ रन जोडेको थियो। नेपालका लागि सन्दिप लामिछाने ५ तथा करण केसीले ३ विकेट लिए भने ललित नारायण राजबंशीले १ विकेट लिएका थिए।

सन्दीपले आठौँ ओभरमा तीन र करनले नवौं ओभरमा दुई विकेट लिए। एक रनमै दुई विकेट गुमाएको थाइल्यान्ड पहिलो ओभरदेखि नै दबाबमा आएको थियो।

ललितले पहिलो ओभरको अन्तिम बलमा विकेट लिएका थिए। सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा विकेट हात पारे।

चौथो ओभरको दोस्रो बलमा सन्दीपले फेरि विकेट हात पारे। त्यसपछि १६ रनमा तीन विकेटको स्थितिमा पुगेको थाइल्यान्ड बाँकी २ रन जोड्दा ६ विकेट गुमायो। थाइल्याण्डको इनिङ्स करन र सन्दीपले संकटमा पारे।

करनले सातौँ ओभरको तेस्रो बलमा थाइल्यान्डको चौथो विकेट झारे। सन्दीपले आठौँ ओभरमा चार बलको बीचमा तीन विकेट लिए। करनले नवौँ ओभरको चौथो र पाँचौ बलमा विकेट हात पारे।

र चौथो ओभरमा एक-एक तथा नवौँ ओभरमा तीन विकेट हात पारे। थाइल्यान्डका पाँच जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

सन्दीपले तीन ओभरमा ८ रन खर्चिएका हुन्। यो सँगै जारी प्रतियोगितामा सन्दीपको तीन खेलबाट १४ विकेट भइसकेको छ। करनले १.५ ओभरमा दुई रन मात्र खर्चिएका छन्।

यसअघि मलेसियामा जारी आईसीसी टी–ट्वान्टी विश्व कप छनोटमा नेपालले थाइल्याण्डलाई १७३ रनको लक्ष्य दिएको थियो।

बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको हो।

नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सर्वाधिक नटआउट ४० रन बनाए। मात्र १४ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए।

अन्तिम ओभरमा करणले लगातार ३ छक्कासहित २१ रन बनाएपछि नेपालको इनिङ उकासेका थिए।

यसअघि ओपनिङमा आएका अनिल साह २५ रन बनाएर आउट हुँदा विनोद भण्डारी १५ रनमै पभेलियन फर्किएका थिए।

२८ रन बनाउँदा विनोद भण्डारीलाई गुमाएको नेपालले ५४ रनको स्कोरमा अनिललाई गुमाएको थियो।

त्यसपछि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हालेका थिए। तर, दिपेन्द्रसिंह ऐरी नेपालको स्कोर ९९ रन हुँदा व्यक्तिगत ३० रनमा आउट भएपछि नेपालको इनिङ धर्मरायो।

त्यसपछि क्रिजमा आएका आरिफ शेख व्यक्तिगत ८ रन बनाउँदै आउट भए। नेपालले ११२ रन हुँदा ४ विकेट गुमाएपछि आएका कप्तान पारस खड्का टिक्न सकेनन्। टिमको स्कोर ११५ रन हुँदा शरदले ३४ रन बनाएर आउट भए। त्यसको केही बेरमै कप्तान खड्का ५ रनमै आउट भए।

त्यसपछि १२८ रन हुँदा ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भएका थिए। त्यसपछि मैदान आएका करन केसीले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरमा पुर्‍याए। सोमपाल कामी पनि ४ रनमा नटआउट रहे । थाइल्याण्डका पायुपुठ संग्राडले सर्वाधिक ४ विकेट लिएका थिए।

थाइल्याण्ड अंक तालिकामा ५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल ४ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!