Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मुख्यमन्त्री राईद्धारा पत्रकारलाई तथानाम गाली

मुख्यमन्त्री राईद्धारा पत्रकारलाई तथानाम गाली

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंगलबार सदनको रोस्टमबाटै पत्रकारहरुलाई तथानाम गाली गरेका छन ।मुख्यमन्त्री राईले मंगलबार (२३ असोज) मा प्रदेश सभाको सम्मानित सदनको रोष्टमाबाट आम पत्रकारहरुलाई , सपनामा देखेर लेख्नेहरु , गैर व्यवसायिक र स्तरहिन चरित्र प्रर्दशन गरेर भाँजो हाल्नेहरु भन्दै तथानाम गाली गरेका हुन ।

उनले यसरी रोष्टमबाटै गाली गरेपछि प्रदेश १ का पत्रकारहरु उनको यो अभिब्यत्तिप्रति खुलेर बिरोधमा उत्रिएका छन । यो बिषय कुनै एक पत्रकार , मिडिया , मन्त्री र सांसद बिचको मात्र बिषय नभई समग्र नेपाली पत्रकारिता र संबैधानिक हक अधिकार अनुसार प्राप्त भएको स्वतन्त्र प्रेस तथा अभियक्त्ति स्वतन्त्रता बिरोधी कार्य भएको भन्दै पत्रकारहरुले सामाजिक सञ्जालमा रोष प्रकट गरेका छन ।

पटक पटक प्रदेश १ को नाम र राजधानीका बिषयमा छलफल र बहस भएपनि नामाकरण र स्थायी राजधानीको टुंगो नलागी प्रदेशसभा १ को अधिवेशन अन्त्य गर्ने क्रममा उनले पत्रकारहरुप्रति रोष प्रकट गरेका हुन । यसअघि पनि पटक पटक स्थायी राजधानी र प्रदेशको नामाकरण गरिने भन्दै अन्तिम मिति भन्दै दशैअघि नै यो बिषय टुंग्याउने प्रदेशका मुख्यमन्त्री र जिम्मेवार मन्त्रीहरुले समेत उदघोष गरेका थिए ।

यो बिषय अब दशैपछि निर्णय गरिने भन्दै सारिएको छ । नाम र राजधानीको टुंगो लगाउन नेकपा संसदीय दलको बैठक बसेको भए पनि बैठकले कुनै निर्णय नलिई स्थागित भयो भने नेपाली काँग्रेसको बैठक समेत अनिर्णित झै बनेको थियो ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!