Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गाउँपालिकाको घोषणा : बसाईं सरेर आउनेलाई ५ लाख रुपैयाँ दिने

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले बसाईं सरेर आउनेलाई ५ लाख रुपैयाँसम्म अनुदान दिने घोषणा गरेको छ । गाउँपालिका क्षेत्रमा बसाईं सरेर आउनेहरुलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा पाँच लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने छथर गाउँपालिकाले घोषणा गरेको हो । आफ्नो गाउँपालिकामा जनसंख्या बढाउन बसाईं सरेर आउनेलाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने सो गाउँपालिकाले घोषणा गरेका जनाइएको छ ।

सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाईं सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको हो । पूर्वाधार निर्माण, स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायतका योजनाका माध्यमले बसाईसराई रोक्ने नीति गाउँपालिकाले लिएको हो ।

गाउँपालिकाको यो नीतिले आगामी पाँच वर्षभित्र व्यावसायिक जनसंख्या दोब्बरले वृद्धि हुने अनुमान गरिएको छ । हाल १६ हजार ७५० रहेको जनसंख्या रहेको सो गाउँपालिकाले आगामी चार वर्षभित्र २५ हजार जनसंख्या पुर्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!