Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज माता कात्यायनी भगवतीको पूजा-अर्चना गरी मनाइँदै

नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व वडा दशैंको छैटौं दिन कात्यायनी भगवतीको पुजाअर्चना गरिँदैछ साहसको प्रतीक भगवतीलाई यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्ने देवीको रुपमा समेत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएको मानिन्छ । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ

हातमा चम्किलो खड्ग धारण गरेको शास्त्रमा चित्रण गरिएको छ अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ देवी कात्यायनीको पूजाआराधनाका लागि आज देवीमन्दिर, शक्तिपीठ तथा दशैंघरमा भक्तको उपस्थिति छ

प्रतिक्रिया:
You might also like
error: Content is protected !!