Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रदेश २ मा अाफ्नै प्रहरी भर्ना गर्ने निर्णय कुनै हालतमा कार्यान्वयन हुँदैन् पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्र्न लागेकोबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको स्पष्ट पारेका छन् रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले भने, ‘यदि निर्णय भएको छ भने त्यो कुनै हालतमा कार्यान्वयन हुँदैन, खारेज हुन्छ

दुई नम्बर प्रदेश सरकारले छिट्टै प्रहरी भर्ना गर्ने तयारी गरेको भन्ने कुरा सुनेको भन्दै उनले तर अधिकार नभएको विषयमा आफ्नो कुनै निर्णय यदि हुन्छ भने त्यो निर्णय कार्यान्वयन हुन नसक्ने तर्क गरे मन्त्री पण्डितले मुलुक संघीय प्रणालीमा अघि बढिसकेको बताउँदै अब राजनीतिक व्यवस्थापनको काम समेत सकिएको जिकिर गरे। उनले भने, ‘राजनीतिक व्यवस्थाको काम मात्रै होइन, अहिले प्रशासनिक व्यवस्थापनको काम पनि धेरै हदसम्म अगाडि बढेको छ

अब मुलुकले गति लिएको पण्डितको दाबी छ। उनले भने, ‘अहिले स्थानीय तह, प्रदेश र केन्द्रिय तहको संगठन तथा संरचनाहरु तयार गरिकन त्यस अनुसार राष्ट्रसेवकहरुलाई व्यवस्थापनको काम धेरै हदसम्म पूरा भएको छ। र, विस्तारै संगठन तथा संरचनालाई परिस्कृत गर्ने र बाँकी कामहरुलाई संविधानले तोकेको जिम्मेवारी अन्तर्गत अहिले व्यवस्थापनको काम निरन्तर भैरहेको छ। ऐन, नियमहरुको तर्जुमाको काम पनि तिव्र गतिका साथ हामीले अगाडि बढाएका छौं, र थुप्रै ऐनहरु निर्माण भैसकेका छन्कुन नैपनि देशको संघीय प्रणाली अर्थात केन्द्रिकृत प्रणालीबाट संघीय प्रणालीमा जाँदा केही जटिलता तथा समस्याहरु उत्पन्न हुनु र व्यवस्थापनमा केही समय लाग्नु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री पण्डितले भने, ‘अन्य देशको तुलनामा हामी तिव्र गतिमा यो कामलाई छिटो परिणाम ल्याउने गरी अगाडि बढ्दैछौं

प्रतिक्रिया:
You might also like
error: Content is protected !!