Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गर्भवती महिलाको लागी स्वस्थ बच्चा जन्माउन वास्तुशास्त्रको भूमिका

गर्भवती महिलाको लागी स्वास्थ बच्चा (healthy baby) जन्माउनको लागी वास्तुशास्त्रको महत्वपूर्ण भूमिका हुन्छ। बच्चा जन्मिन भन्दा अघी आमाको पेटमा रहदाको नौ महिनाको अबधिमा वास्तुको सकारात्मक र नकारात्मक उर्जा कती मिल्छ सोही आधारमा नै उसको/उनको भबिष्यको सफलता गासिएको हुन्छ । कुनै पनि मानिस भबिष्यमा कती सफल बन्न सक्छ भन्ने कुरा गर्भमा रहदाको ९ महिनाको अबधीभर बास्तुको सकरात्मक उर्जालाई कसरी हासिल गरियो त्यसमा निर्भर रहन्छ ।बच्चाको सुनौला १००० दिन मध्य ९ महिनाको अबधी महत्वपूर्ण झनै हो ।
गर्भवती महिला (pregnancy) बस्ने घर र कोठामा वास्तु मिलेको छैन भने त्यसको नकरात्मक असर त्यो बच्चालाई पर्न जान्छ । विवाह पछी स्वास्थ्य बच्चा जन्माउन बिबाहित जोडी घरको पश्चिम दिसातर्फको कोठामा सुत्नुपर्दछ । कोठा भित्र पश्चिमतिर बेड राख्नु होला ।

बेडरूममा राम्रो सुगन्धित फुल राख्नु होला ।
सुत्दा श्रीमानको देब्रेतिर सुत्नुहोला ।
सुतेर उठ्ने बेलामा खाटबाट ओर्लेर भुईमा टेक्दा पहिला दाहिने खुट्टाले भुईमा टेक्नुहोला ।
गर्भवती महिलाले कपडा लगाउदा फिक्का सेतो, पहेलो, निलो र हरियो रङ्गको लगाउनु राम्रो हुन्छ ।
बच्चा गर्भमा रहदा सफलताका किताबहरु (motivational books) पढेमा पेटमा रहेको बच्चाको दिमागमा सकरात्मक उर्जाको बिकास हुन्छ ।
पूर्व उत्तर (east north) इसान दिशा पानीको दिशा हो। पूर्व उत्तर दिशामा सुतेमा चिसोको कारण भ्रुण सकृय हुन नपाउदा बच्चा गर्भमै खेरजाने सम्भावना बढी हुन्छ ।
पूर्व दक्षिण (east south) आग्नेय दिशा आगो को ठाउँ हो, यो दिशामा गर्भवती महिला सुतेमा शरिर बढी तातोका कारण समय नपुग्दै छिटो बच्चा जन्मिने हुँदा बच्चा राम्रो हुँदैन ।
वास्तु अनुसार घरको बिचभाग ब्रम्हा स्थान हो जहाँ भर्र्याङ (staircase) वा घरको गर्हौ भाग हुनु
हुँदैन, यदी घरको बिच भागमा
छभने बच्चा जन्माउने बेला आमालाई बढी पिडा भई अकालमा ज्यान जान सक्छ|
ज्यादा गाढा कालो र रातो कपडा नलगाउनु ।
दुखदायी र पिडादायी कुरा गर्भवती महिलालाई नसुनाउनुनै राम्रो ।
इलेक्ट्रोनिस्क चिजहरु (electronic)सकभर कम प्रयोग गर्नु है ।
सधै बिहान पूर्व उत्तर दिशामा सुर्यबाट प्राप्त हुने UV rays लिनु राम्रो हुन्छ ।
गर्भवती महिलाले प्रयोग गर्ने शौचालय उत्तर पूर्व दिशामा छ र शौचालयमा बिम परेको छ भने जन्मिने बच्चा कहील्यै सुखी र खुशी हुनै सक्दैन।
यो बेला के गर्ने, के नगर्ने (what to follow/ what to avoid) अन्य धेरै कुराहरु जान्न आबश्यक छ ।
तपाईं बिरामी परेर डाक्टरलाई देखाउनुहुन्छ चेकअप गर्दा रिपोर्टले नर्मल नै देखाउछ तरपनि रोग निको हुँदैन, (what’s the cause of such kind of misery?)

प्रतिक्रिया:
You might also like
error: Content is protected !!