Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

७० वर्ष उमेर नाघेका नेतालाई बिदा गर्न नेपाली काँग्रेसका ११ भाइको ‘लबिइङ’ !

कात्तिक २९, काठमाडौं । काँग्रेसका युवा नेताहरुले ७० वर्ष उमेर कटेका नेताहरुलाई नेतृत्व तहमा नस्वीकार्ने भएका छन् ।उनीहरुले ७० वर्ष कटेका नेताहरुले मुलुकलाई मार्गनिर्देश गर्न नसक्ने भन्दैस–सम्मान विदा गनुपर्ने बताएका छन् ।यस विषयमा उनीहरुले मंसिर १ गतेदेखि बस्ने काँग्रेस केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव नै लैजाने तयारी गरेका छन् ।

त्यसका लागि युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल,गुरु घिमिरे, बद्री पाण्डे, कमला पन्त र कल्याण गुरुङसहित ११ जना नेताहरुले संयुक्त प्रस्ताव तयार परिरहेको एक नेताले जानकारी दिएका छन् ।११ मध्येका एक नेता गुरु घिमिरेले ११ जना नेताले लैजाने प्रस्तावलाई फरक मतका रुपमा लिन नहुने बताए ।

‘हामीले फरक मत हैन, आफ्नो प्रस्ताव लैजान लागेको हो, पुरातन र परम्परावादी शैली र सोचले काँग्रेस चल्दैन भनेर हामीले यसअघि पनि प्रस्ताव लगेका हौं, त्यसको निरन्तरतास्वरुप नेतृत्वबाट ७० कटेका नेताहरुलाई विदाई गर्नुपर्छ र काँग्रेसलाई रुपान्तरण गर्नुपर्छ भन्ने उद्देश्य र अडान कायमै छ’ नेता घिमिरेले बताए ।फरक प्रस्ताव लैजाने विषयमा युवा नेताहरुबीच बुधबार काठमाडौँमा छलफल भएको थियो । छलफल शुक्रबार पनि हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!