Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रुन्चे गायकको नयाँ गीत सार्वजनिक । मोटोपनको समस्या भए यो गीत सुन्नुहोस ।

मङ्सिर २४, युएई ।

डायस्पोरामा रहेर पनि नेपाली गीतसंगितको गुणात्मक विकासका लागि सक्रिय साधकहरुको लहरमा प्रकाश पौडेलको नाम अग्रपंक्तिमा आउछ । देशबाहिर रहेर आफ्नो पेशा, जागिर, अर्थोपार्जन र पारिवारिक कर्तब्य अनि ब्यस्तता र विविध उल्झनबीच पनि गायक पौडेल करिब डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा कृयाशील छन् । उनै रुञ्चे गायक पौडेलले नेपाली समुदायमा आम समस्याको रूपमा विकास हुँदै आएको मोटोपनको विसयलाई गीतमार्फत रमाइलो पाराले प्रस्तुत गरेका छन् । नेपाली समाजमा हुने सत्यतथ्य, कुरितीलाई संगीत मार्फत व्यङ्ग्य गर्न सिपालु गायक पौडेल रुञ्चे गायकका रुपमा नेपाली सांगीतिक क्षेत्रमा चिनिन्छन ।

पौडेलको नाइ मलाई त्यही केटी चाहिन्छ, डाक्टर साब भिटामिन लेख्दिनुस् न, तितेपाती तितेपाती झ्याप झ्याप,ओइ नेता, हास्ने गीत हा हा हा बोलका गीत चर्चित छन् । केही नयाँ सन्देश प्रवाह गर्न हरेक वर्ष नयाँनया प्रयोग गर्न रुचाउने गायक पौडेलको आची खाउ अर्थात आलु चिउरा खाउ बोलको नयाँ गीत बुढा सुब्बा म्युजिक प्रालीले सार्वजनिक गरेको छ । संचारकर्मी गोपाल दाहालको शब्द र युएईमा कृयाशिल दिपराज न्योङ्हाङको सङ्गीत रहेको गीतमा गायक पौडेल र मुना पाख्रिनको स्वर रहेको छ ।

हिजोआज नेपाली समुदायमा मोटोपनको समस्या बढे सँगै मानिसहरु पेट घटाउनलाई बिभिन्न उपाय गरिरहेको बेलामा यो गीतमा मोटोपनलाई कसरी घटाउने विसय व्यङ्यात्मक रुपमा प्रस्तुत गरिएको गायक पौडेलले बताएका छन् । कमेडि जनरामा सिर्जना गरिएको यो गीतको भिडियोमा युनाइटेड डान्स सेन्टर धरानको कोरियोग्राफी रहेको छ । यस म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छाँयाकंन तथा प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । पौडेल आफैंले निर्देशन गरेको भिडियोमा राजीव दाहाल, सुर्वण पाख्रीन, एस्तर तामाङ, विराट अनुपम, नविन विशालले अभिनय गरेका छन् ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!