Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बाबुरामको गम्भिर खुलाशा ः यसरी हुन्छ नेपालमा संस्थागत भ्रष्टचार (भिडियो)

पाँचथर १६ माघ


नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराइले नेपालका ठुला घोटला प्रकरणमा उच्च तहका नेताहरु मिलेर भ्रष्टचार हुने गरेको बताएका छन् । मेची महाकाली जनसम्वाद यात्राको थालनी गर्दै पाँचथरको सदरमुकाम फिदिमम भटराइले सो कुरा बताएका हुन् । लेखा समितिले सत्ताधारी मन्त्रि र सांसदलाई मात्रै देखाउदा निकै हल्ला खल्ला भएको तर प्रमुख प्रतिपक्षको संलग्नता रहेको भन्ने हल्ला आउने वित्तिकै वाइडबडी विमान प्रकरण ओझेलमा परेको भटराइको आरोप छ ।

वाइडबडी विमानको भ्रस्टाचार प्रकरणलाई उदाहरण दिदै भटराइले केही दिन अगाडी सम्म निकै तातिएको प्रकरण प्रमुख प्रतिपक्षका नेता संगको बार्ता संगै सेलाएको बताए । बुढि गण्डकीका विचौलियाले अहिले पनी प्रमुख दलका प्रमुखहरुलाई ७ देखी ९ अर्ब रुपैया बाँडेको हाकाहाकी रुपमा बताउने गरेको भन्दै भटराइले पुरानै सोच बोकेका पार्टीबाट मुलुकको परिवर्तन हुन नसक्ने जिकिर गरेका छन् ।

अर्को एक फरक प्रसंगमा डा. भटराइले पार्टी साध्य नभइ साधन भएकोले विचार समय संगै विकसित हुनुपर्ने धाँरणा राखेका छन् । नयाँ शक्ति पार्टी नेपालले मध्यपहाडी लोकमार्गमा जनसम्बाद कार्यक्रम प्रारम्भ गरेको छ । मध्यपहाडी लोगमार्गको उदगम विन्दु नेपाल भारतको सिमाना पाँचथरको चिवा भञ्ज्याङ बाट सुरु भएको कार्यक्रम बैतडीको झुलाघाटमा गएर सकिने नयाँ शक्ति पार्टी नेपालले जनाएको छ । कार्यक्रममा भटराइ सहित नेतृ हिसिला यमी लगायतका नयाँशक्तिका नेताहरुको सहभागिता रहेको छ । नेपालमा कसरी भ्रष्टाचार हुन्छ भन्ने सन्दर्भमा बाबुराम भटराइको यो भिडियो हेर्नुहोस

प्रतिक्रिया:
You might also like
error: Content is protected !!