Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गुन्द्रुक, खोर्सानी, बेसार र डोकोमा समेत करको भारी थोपरेपछी (भिडियो सहित)

तिनजुरे .
चार ढिँडी खोर्सानी, एकमाना वेसार वा दुईमाना गुन्द्रुक मात्र बिक्री गर्न आँउदा नै किन नहोस । स्थानीय सरकारले अनिवार्य कर तिर्नुपर्ने व्यवस्था गरेपछि पाँचथर जिल्लाको ग्रामिण क्षेत्रका सर्वसाधारण मर्कामा परेका छन ।

करेसाबारीमा उब्जाइएको रायो साग अनि मुलाको गुन्दुक बेचेर नुन र तेल किनेर फर्किने योजना बनाएर बजार पुगेका कृषकहरु प्रत्येक उत्पादन विक्रिमा कर तिरिरहेका छन् ।

पाँचथरको कुम्मायक गाँउ पालिकाबाट सुँगुरका पाठा बिक्री गर्न यासोक बजार पुगेका स्थानीयले सुगुरका पाठाको २५ रुपैंयाका दरले कर तिरेका छन । खुर्सानी, साग, र गुन्द्रुक मात्रै नभएर डालो, नाङलो र डोको सहितका र कृषि उपकरण विक्रीका लागि लिइने करको दर पनि उच्च छ । हेर्नुहोस भिडियो

प्रतिक्रिया:
You might also like
error: Content is protected !!