Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वि.सं.२०७५ साल माघ २३ गते । बुधबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०५ तारिख

वि.सं.२०७५ साल माघ २३ गते । बुधबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि द्धितिया,५७ घडी ४३ पला । योग वरियान,०५ घडि ५८ पला,बिहान ०९ बजेर १४ मिनेट उप्रान्त परिध । करण बालव,बेलुकी ०४ बजेर ५३ मिनेट उप्रान्त कौलव । नक्षत्र धनिष्ठा,०३ घडी ०७ पला, बिहान ०८ बजेर ०५ मिनेट उप्रान्त शतभिषा ।आनन्दादिमा मित्र योग । चन्द्रराशि कुम्भ । पञ्चक । काठमाडौंमा सूर्योदय ०६ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४७ मिनेट । दिनमान २७ घडी २२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुँने हुँदा बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपश्थितिले गर्दा अरुभन्दा पछाडि परिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययन तथा अध्यापनमा सफलता हात लाग्ने हुँनाले घर परिवार तथा आफन्त जनहरु खुसि हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावलीपक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । समयको ख्याल गरेर अगाडि बढेमात्र आर्थिक स्थिति बलियो हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्दा मन प्रशन्न हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययन तथा अध्यापनमा बाधा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खेलकुद तथा खेल क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो कमाई हुनेछ । दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कलाको माध्ययमबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने अरुलाई आफ्नो प्रभावमा लिएर काम लिन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अर्थ उपार्जनका बिभिन्न स्रोतअरु फेला पार्न सकिने भएपनि समय अभावले अवसरहरु गुम्नेछन् । बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अप्पकालिन तथा दीर्घकालिन योजना बनाई अगाडि बढ्दा सफलको सिडि चड्न सकिनेछ । व्यापारमा बृद्धि भएर जाने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ । राजनिति तथा समाजसेवाको क्षेत्रमा जनताको मन जिति काम गर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुँने योग रहकोछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ । सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ । घर परिवार तथा आफन्त सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् । तारानाथ भण्डारी ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!