Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हजुरवुवा र ठूलो बुवाले १३ वर्षकी दृष्टिविहिन बालिकाको तीन महिना देखि पटक-पटक बलात्कार, पीडा सहन नसकेर आमाले गुहारिन् मिडिया (भिडियो हेर्नुस्)

काठमाडौं, २७ माघ । आफ्नी १३ वर्षकी दृष्टिविहिन छोरीलाई आफ्नै गाउँका ससुरा र जेठाजुले पटक पटक बलात्कार गरेको थाहा पाएपछि एउटा आमा छाँगावाट खसेजस्तो भइन् । भक्तपुरकी चाँगुनारायण ४ की राममाया मिजारकी १३ वर्षकी छोरीलाई आफ्नै हजुरवुवा र ठूलोबुवाले तीन महिना देखि पटक पटक बलात्कार भएको आमाले थाहा पाएकी
हुन् । ति बालिकालाई साउन देखि दुई जनाले पालैपालो बलात्कार गर्दै आएको आमाको आरोप छ ।

उनले एक्लै छोरीको पालनपोषण गर्दै आएकी थिइन् । आफु मजदुरी गर्न बाहिर जानुपर्ने भएकाले घरमा बालिकालाई एक्लै छोडेर हिड्नुपरेको आमाले बताइन् । बालिकालाई धम्क्याएर उनीहरुले बालिकालाई पटक पटक बलात्कार गर्ने गरेको बताइन् । आमालाई भनिस् भने तँलाई मारिदिन्छु भनेर उनीहरुले धम्क्याउने गरेको बताइन् । गाउँका तिनजना अन्य महिलाले थाहा पाएर आफुलाई भन्न आएको बताइन् ।

आफुले गाउँका तीन जना महिलाले भनेपछि मात्र थाहा पाएको बताइन् । १३ वर्षको उमेरमा नै निकै सुगर बढेका कारण पटक पटक अस्पताल समेत लगेको उनले बताइन् । अत्याधिक तनाव सहेका कारण उनलाई यस्तो समस्या भएको चिकित्सकले बताएका छन् । आमाको दर्दनाक पीडा हेर्नुस् यो भिडियोमा

प्रतिक्रिया:
You might also like
error: Content is protected !!