Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शमिर सिंङगक लिम्बुको ‘लामपाते सुरती’ भाईरल बन्दै (भिडियो सहित)

प्रकाश पाक्साँवा तेह्रथुम २६ माघ गायक संगितकार शमिर सिङगक लिम्बुको नयाँ म्युजिक भिडीयो लामपातेसुरती आज सार्वजानिक भएको दुई साता नबित्दै भाईरल बन्दै गएको छ । लोक कला संस्कृती सँगै जोडिएको पुर्बेली भाकामा रहेको नयाँ लोक फ््युजन गरीएको नयाँ म्युजिक भिडीयो सार्बजानिक भए सँगै भाईरल बनेको हो । शब्द संगित तथा निर्देशन खगेन्द्र याक्सो रहेको छ ।

जिवन श्रेष्ठको छायांकन रहेको म्युजिक भिडीयोमा गायक लिम्बु र साहारा खापुङको अभीनय रहेको छ । गितमा मायालुको गाउँ सोध्दै भौतारी रहेका प्रेमी हिमालको न्यानो काखमा रहेको बनपाखाहरु सँगै भावनमा खेल रहेको प्रेमिल भाब रहेको छ । प्राकृतिको सुन्दरता सँगै मकालु र कञ्चनजंघा हिमाललाई काखमा राखेर लुकामारी खेल्दै मायालु यादमा प्रेमी आफ्नै संसार बुनि रहेका हुन्छन ।

जहाँ पहिलो पटक देखेको मायालुलाई मनमा कैद गर्दै जीवनभरीको साहाराको खोजीमा रमी रहेको हुन्छन ।यो गितका मायालुहरु बिल्कुलै नयाँपन समाबेश गर्न खोजिएको यो गित पुर्बेली भाका रहेको छ । पुर्बेली लोकगित “चौतारे कान्छा“ भन्ने गितबाट सगित यात्रा सुरुगरेका गायक लिम्बुले सय भन्दा बढी गाई सक्नु भएको छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!