Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुत्नुभन्दा अगाडी दोलखा भीमसेनको दर्शन गरि भोलिको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि दिन पर्खनुहोला । आर्थिक अभावले कामहरु रोकिने तथा समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर परिवारमा तथा पति पत्नि बिच राय बाजिनेछ ।

ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुँनेछन् । गोप्य कुराहरु बाहिर आउँन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : जीवनसाथिको माध्ययमबाट महत्पपुर्ण तथा उपलब्धिमुलक कामहरु हुँनेछन् भने रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

व्यापार बिस्तारको सवालमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुँनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : सत्रु परास्त हुँनेछन् भने न्यायिक निकायबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

व्यापार व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे आम्दानि गर्न सकिनेछ । मामा तथा मावलि पक्षसँग मिलेर गरिने कुनै पनि कामहरु सफलता पुर्वक सम्पन्न हुँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा प्रगति हुँने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुँनेछ ।

बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुँनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,ट) : राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ ।

व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि,पशुपालन तथा घरजग्गाको कारोबार गर्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि प्रसस्त आय आर्जन गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) : बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुँनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ ।

प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त) : तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ ।

आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । कला तथा साहित्यतिर समय दिनेहरुले आजको दिन मनग्गे आम्दानि गर्न सक्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ भने राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्न सक्नेछन् । निर्णय क्षमतामा बृद्धि हुँनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ ।

स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुँनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुँनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :  आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुँनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ ।

सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ ।

पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : बिशिष्ट ब्याक्तिहरु सँग भेट हुँनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।

यो पनि पढ्नुस 

परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो ।

किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । आदि, अंत नभएकाे कारण लिंग लाइ शिव का निराकार रूप मानीएकाे हाे तेसैले शिवकाे साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप काे पूजा गरीयकाे हाे ।

केवल शिव लाइनै निराकार लिंग काे रूप मा पूजा गरीन्छ । लिंग रूप मा समस्त ब्रह्मांड काे पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहा लाइ समस्त जगत काे मालीक मानीदै अाएकाे छ । यसकारण शिव मूर्ति र लिंग दुबै रूप मा पूजा गरीन्छ । ‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ का अर्थ – ‘सृजन’ पनी हाे ।

वेद मा उल्लेख भएअनुशार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर काे लागी हाे याे सूक्ष्म शरीर १७ तत्वों ले बनेकाे हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु. वायु पुराण काे अनुसार प्रलयकालमा समस्त सृष्टि जहा लीन हुन्छ र पुन: सृष्टिकाल मा जहाबाट प्रकट हुन्छ तेसैलाइ लिंग भनीन्छ । यस प्रकार विश्व काे संपूर्ण ऊर्जा नै लिंग काे प्रतीक हाे ।

पौराणिक कथा अनुसार जब समुद्र मंथन काे समय सम्पुर्ण देवताहरू अमृत काे आकांक्षी थीए तर मंथनबाटसारा संसार को समाप्त गर्न सक्ने कालकुट विष अायाे र उक्त विष लाइ भगवान शिव ले सहजता पुर्बक अाफ्नाे कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयाे र संन्सार लाइ त बचाउनु भयाे तर समुद्र मंथन काे समय निक्लीयकाे उक्त विष ग्रहण गरेकाे कारण भगवान शिव काे शरीरमा दाह बढ्याे र त्याे दाह लाइ सान्त गर्नकाे लागी शिवलिंग मा जल चढ़ाएउने परंपरा प्रारंभ भएकाे हाे र याे आज सम्म पनी चली रहेकाे छ ।

श्री शिवमहापुराण काे सृष्टिखंड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी काे पुत्र सनत्कुमार जी वेदव्यास जी को उपदेश दिदै भन्नु हुन्छ हर गृहस्थ ले देहधारी सद्गुरू बाट दीक्षा लीएर पंचदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर) काे प्रतिमा काे नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबकाे मूल हाे, मूल (शिव) को पुजा पाठले सबै देवता प्रसन्न हुन्छन तर अरू देवता हरू प्रशन्न गरे पनी प्रभु शिव भने तृप्ति हुदैन ।

यसकारण श्री शिवमहापुराण सृष्टिखंड अनुसार सृष्टि काे पालनकर्ता विष्णु ले एक पटक, सृष्टि काे रचयिता ब्रह्मा काे साथ निर्गुण-निराकार-अजन्मा ब्रह्म(शिव) काे प्रार्थना गर्नु भयाे ‘भाेलेनाथ हजुर कसाेगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिव ले भन्नुभयाे, ‘यदि मलाइ प्रसन्न गर्ने हाे भने शिवलिंग का पूजा गर्नु । जब जब कुनै प्रकार काे संकट या दु:ख हुन्छ शिवलिंगमा पूजा गर्नाले समस्त दु:ख काे नाश हुन्छ ।

जब देवर्षि नारद ले श्री विष्णु लाइ श्राप दिय र पछि पश्चाताप गर्नु भयाे तब श्री विष्णु ले नारदजी लाइ पश्चाताप काे लागी शिवलिंग काे पूजा, शिवभक्तकाे सत्कार, नित्य शिवशत नाम काे जप गर्न बताउनु भयाे ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!