Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सन्तानको भविष्य खोज्दै एक महान अपाङ्ग बाबु , जसले ५ जनाको परिवार पालेका छन् (भिडियो)

उनि हुन् दुत्त बहादुर जिरेल । आफ्नो जन्मघर दोलखा जिल्लाको जिरी नगरपालिका भए पनि हाल उनी काठमाडौँको बौद्धमा बस्दै आएका छन् । शारीरिक रुपमा अपाङ्ग रहेको उनको श्रीमती र छोरा र छोरी छन् ।उनको आमा उनीसंगै छिन् । परिवारको उनी सबै भन्दा कान्छो छोरा हुन् । अरु दाइहरुले उनलाई बेवास्ता गर्छन् र आमालाई हेर्ने जिम्मा पनि उनैलाई दिएका छन् । भावुक हुदै आफ्नो दाईहरुले एक पटक पनि फोन नगरेको र नसम्झेको दुखेसो जिरेलले पाेखे । एक वर्षको उमेरदेखि अपाङ्गको पिडा सहदै आएका जिरेल गाउँमा काम गर्न नसकेपछि काठमाडाैँ छिरेका रहेछन ।

उनका अपाङ्गको यो पिडा निमोनियाको कारणबाट भएको जिरेल बताउँछिन् । संगै रहेकी आमाले पनि ८८ वर्ष पुगिसकेकी छन् । आमा भन्छिन् , ” अरु छोराहरुको भन्दा कान्छो छोरा भएर होला दुत्तलाई धेरै मायाँ लाग्छ । सानो छदा मेरो पछि लाग्थ्यो अहिले म उनकाे पछि लाग्दै काठमाडाैँ आइपुगेकाे छु ।” उनकी श्रीमती काभ्रेका हुन् । दुत्तलाई जीवन भर साथ दिनको लागि हात थामेको श्रीमतीले बताइन् ।

उनी लजालु स्वभावकी छन् । उनी भन्छिन् , ”आफ्नो भाग्यमा उहाँनै लेखेको रहेछ त्यसैले हामी एक भयौँ ।” दुत्तकी श्रीमती मेहनती र दुखलाई बुझ्ने भएकै कारण अहिले सम्म उनलाई साथ दिदै आएका छन् । उनीहरुको दुई सन्तान छन् । दुबै बच्चाहरु समता स्कुलमा पढ्छन् । दुत्त प्रत्यक बिहान चार बजे नै जुरुक्क उठेर बौधमा माग्न पुग्छन् । उनले अरु काम गर्न नसक्ने भए कै कारण दैनिकी चलाउनका लागि माग्न जान बाध्य भएको हो ।

छोराछोरी , श्रीमती , बुढी आमा र आफ्नो जीवन धान्नका लागि मागेर ल्याउछन् । उनीहरुको बस्ने ठाउँ जस्ताले छाएको टहरामा एउटा सानो कोठा छ । जस्ताबाट जाँडो मौसममा सित जरिरहेको थियो । दुईवटा खुट्टा भएको पलङ र एउटा साना किचन र्याक र ग्यास छन् ।

चिसो खाली भुई छ त्यसमाथि कार्पेट छैन । यसैमा जीवन विताइरहेका छन उनीहरु । माग्न जाँदा कहीले काही रित्तो हात नै फर्कन पर्ने दुत्त बताउँछन् । उनीहरुकाे जिउने आधार नै बौधबाट मागेर ल्याएकाे पैसा रहेछ । बच्चाहरुकाे पढाइ ठिकै चलेको बताउदै दुत्तले छोराछोरीले भविष्यमा उनका लागि केही गर्ला भन्न आशा नरहेको र छोरोछोरी कै लागि राम्रो गरोस भन्ने सोच बनाएका छन् ।

आफूले पढ्न नपाएको उनी आफ्ना बच्चाहरुलाई पढाउन भने पछि नहट्ने उनी बताउँछन् । उनीहरुको त्यो कठिन जीवनलाई केहि भए पनि सहयोग जुटाउनको लागि हामीले सम्पूर्ण सहयोगी मनहरुलाई यो भिडियो मार्फत नै अनुरोध गर्दछौ । तपाइले गरेको सानो सहयोगले कसैको जीवनमा खुसि ल्याउन मद्दत मिल्छ भने दिल खोलेर सहयोग गर्न पनि हामी सबैलाई अनुरोध गर्दछौ ।सहयोगको लागि :सिद्धार्थ बैंक : खातावालाको नाम : दुत्त बहादुर जिरेल , खाता नम्बर : ०२४१५२४३१०५ , ९८६१२०६७२१ (दिपेश जिरेल) ९८६००५४१४०, ९८०३२२१९५२ (दुत्त बहादुर)

प्रतिक्रिया:
You might also like
error: Content is protected !!