Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सात दिनमै मृत्युसंस्कार सम्पन्न गरेका रविन्द्र अधिकारीको परिवारलाई पण्डितले दिए यस्तो चेतावनी

काठमाडौं, २३ फागुन । पर्यटनमन्त्री रविन्द्र अधिकारीको मृत्यु संस्कार सात दिनमा नै सकिएको छ । सो कार्यको सकारात्मक र नकारात्मक प्रतिकृयाहरु आएका छन् । रविन्द्र अधिकारीका आफन्तहरु समेत केही सकारात्मक र नकारात्मक देखिन्छन् । केही धार्मीक गुरुहरुले भने मृत्यु संस्कार १३ दिन नै गर्नुपर्ने भन्दै रविन्द्र अधिकारीको मृत्यु संस्कार सात दिनमा सम्पन्न गरिएकोमा विरोध समेत जनाएका छन् ।

ज्योतिष पण्डित श्याम प्रसाद नेपालले मृत्यु संस्कार १३ दिनमै सम्पन्न गर्नुपर्ने बताएका हुन् । नबुझेका जनतालाई नैतिक शिक्षा पढाउनुपर्नेमा झन नेताहरुले नै धर्मसंस्कृतिलाई नै बिगारेको भन्दै विरोध जनाएका छन् । धार्मीक आस्था मान्ने जनताको नेताले प्रतिनिधि गर्नुपर्ने उनको राय छ ।

उनले कृष्चियन मुलुकमा नेता, मन्त्री सबैले धार्मीक मान्यता नबिगारेको भए पनि हिन्दु धर्ममाथि आफ्नै नेताहरुले नै आक्रमण गरेको भन्दै विरोध जनाए । उनले आफ्नो देशको धर्म, संस्कृतिको भत्काउनु मात्र क्रान्तिकारी हुनु होइन, उनले भने, कुनै पनि ब्यक्तिले संस्कृति, संस्कार गर्नु हुँदैन भन्ने जनमत कतै छैन ।’

प्रतिक्रिया:
You might also like
error: Content is protected !!