Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भावुक हुँदै प्रचण्डले भने –मलाई मार्ने षड्यन्त्र गरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव पार्टी समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा बिहीबार आयोजना गरको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले सम्बोधन गर्दे सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विप्लवको पार्टीलाई हिजो सँगै लडेका आफ्नै साथीहरुको सरकार रहेको हेक्का राख्न सुझाव पनि दिएका छन् । ‘साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिँडेको पनि भेटियाे, उनले भने, सजिलो छैन प्रचण्ड बन्न पनि’, उनको भनाइ थियो । प्रचण्डले कसैले चाहेर पनि केही भैहाल्ने अवस्था नरहेको बताए । ‘म पनि प्रचण्ड बन्छु भनेर हिँडेको थिइँन, जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए’ उनले भने ।

उनले प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने भ्रममात्र बताए । ‘त्यो भ्रमले कहिँ पनि पुग्दैन । यसको परिणाम दुर्भाग्य हुन्छ । मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिईराखेको छु’ प्रचण्डले अगाडि भने,‘ हिजोसँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत भएको मलाई सूचना आएको छ ।’

सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको प्रचण्डले ठोकुवा गरे । प्रचण्डले दशवर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण संघर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको पनि बताए । प्रचण्डले भावुक हुँदै सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्ने र वीर सपुतलाई इतिहासले समेत सम्मान गर्ने कुरामा आफु विश्वस्त रहेको जनाए ।

सोही कार्यक्रमा नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको बताएका छन् ।

सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भने, पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकास संबृद्धिको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे । उनले कम्युनिष्ट मात्रै नभएर मधेसी समुदाय समेत गोलबद्ध हुन थालेको बताए । जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्यदिशातिर जान सहयोग गर्ने भन्दै भट्टराईले केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको तर क्रान्तिको आवश्यकता नरहेको ठोकुवा गरे ।

जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग रहेको भन्दै उनले क्रान्तिका उकालीओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!