Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालमै शुरु भयो पेट्रोलियम पदार्थको उत्खनन्, चीनको कम्पनीले यसरी काम सुरु (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ – चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो ।

चीनले २ अर्ब ४० करोड रुपैयाा लगानीमा २ अर्ब वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।

खानी तथा भूगभए विभागको महानिर्देशक डा।सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२–१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खननसम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!