Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइतबार मार्च १७ तारीखको राशिफल, श्रीपाथिभरा माताले सबैको कल्याण गरुन

श्री शाके १९४० बि.स. २०७५ साल चैत्र ३ गते आइतबार इश्वी सन् २०१९ मार्च १७ तारीख फाल्गुन शुक्लपक्ष एकादशी तिथी १६ः५६ बजे सम्म पश्चात द्वादशी तिथी तिष्य नक्षत्र अतिगण्ड योग भद्रा करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा श्रीवत्स योग सुर्य उत्तरायण वसन्त ऋतु आमलकी एकादशी व्रत –ज्यो.पं. सरोज घिमिरे ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । प्रिय मित्रजनहरु बिचको भेटघाट ले मन प्रशन्न रहला । शारीरिक आलस्यले गर्दा सामान्य कार्यक्षेत्रमा ढिलाई हुन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पुरानो कार्य क्षेत्रमा मन चन्चल रहनाले नयाँ काम को थालनि हुन सक्नेछ । मित्र हरुको साथ सहयोग प्राप्त हुनेछ । शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ । रोकिएका रहेका कामहरु बन्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । दाम्पत्य सम्बन्धमा भने खटपट रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । नयाँ कार्यको थालनि नगनू होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला सन्तान सम्बन्धि समस्याले सताउला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । समय त्यति राम्रो छैन ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । नया कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कसैको बिश्वास नगरेकै बेश हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!