Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिधुत मर्मत गर्ने क्रममा ११००० भोल्टकाे करेन्टमा झुण्डिदा २५ बर्षिय यूवककाे मृत्यू (भिडियाे सहित)

दमक / दमकको लाइफलाइन अस्पताल अगाडि बिध्युत मर्मत गर्ने क्रममा एक मजदुर तारमा एक्कासी ११००० भोल्ट करेन्ट प्रवाह हुँदा उनकाे मृत्यू भएकाे छ । हिजाे शुक्रबार बिध्युत मर्मत गर्ने क्रममा २५ बर्षिय सुमन खत्री एक्कासी करेन्ट प्रवाह हुँदा झण्डै १५ मिनेट तारमा नै झुन्डिदा उनको शरिरका बिभिन्न भागहरु डढेको थियाे । उद्धार पश्चात उनलाइ उपचारकाे लागी लाइफलाइन अस्पताल लगिएकाेमा उनकाे अाज मृत्यू भएकेा हाे । २५ बर्षिय सुमन खत्री ट्रान्समिटरमा चढेर बिद्यूतको काम गर्दै आइरहेका थिए । उनको साथमा अर्का १९ बर्षिय सुमन खड्का पनि घाइते भएका छन् ।

उद्धारका लागि छेउमा लिस्नो नै नभएका कारण झण्डै १५ मिनेट लागेको स्थानीयहरुको भनाइ रहेको छ । चरम लापरवाहीका कारण यो घटना भएको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए । खड्काको अवस्थामा भने सामान्य र खतरामुक्त रहेकाे अस्पताल श्राेतले जनाएकाे छ ।

दमक लाइफ लाइन अगाडि बिधुत मर्मत गर्ने क्रममा ११००० भोल्टमा झुण्डिए पछी…

दमक लाइफ लाइन अगाडि बिधुत मर्मत गर्ने क्रममा ११००० भोल्टमा करेन्ट लागेर एक ब्याक्ती सक्त घाइते भएको छन। काम गर्दा गर्दै कसैले स्विच अन गरिदिए पछि यस्तो घटना भएको हो।

Posted by Purbeli TV on Saturday, March 16, 2019

यो पनि पढ्नुस

कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

के हो ‘हाइपनिक जर्क’

हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

हाइपनिक जर्कको कारण के ?

वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

कसरी बच्ने ?

आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

क्याफिन

सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

गुलियो कम खाने

धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

आइरन

यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।

धेरै कसरत र मोबाइल

सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!