Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यी ५ मूर्ति घरमा राख्नले मिल्नेछ खुशी र सुख ! पुरा पढेर शेयर गर्नुहोस !!

संसारको हरेक ठाउँमा बस्ने मानिसको धर्म आस्था फरक फरक रहेको छ । धर्म अनुसार सबैले आ आफ्नो घरमा फरक फरक भगवानको मूर्ति राखेर पूजा गर्ने गर्छन् ।

यसरी आफ्नो धर्म अनुसार को आस्था बोकेको भगवानको तस्वीर घरमा राखेर पूजा गर्दा भगवान प्रसन्न भइ व्यक्तिलाई आशिस दिन्छ भन्ने मान्यता रहेको छ ।

हरेक दिन भगवानको पूजा गरेर आफुले चिताएको कुरा भगवान समक्ष राखेमा सबै कुरा पुरा हुने विश्वास रहेको छ । यद्यपी हिन्दुधर्मअनुसार हरेक घरमा ५ देवीदेवताको मूर्ति राखेर पूजा गरे भगवान प्रसन्न भएर व्यक्तिको आस्था पुरा गर्ने विश्वास रहेको छ । त्र त्यसको लागि पाँचै भगवानको पंचायतन मूर्ति राखेर पंचायत विधिद्धारा पूजा गर्नुपर्छ ।

पंचायतन पूजालाई सर्वश्रेष्ठ मान्ने गरन्छ । त्यसको लागि गणेश, विष्णु, शिव, दुर्गा र सूर्यको पूजा गरिन्छ । पाँचै देवहरुको आफ्नै स्थान रहेको हुन्छ ।

ईष्ट देव अनुसार सिंहासन खडा गर्न आवश्यक रहेको छ । त्यसकारण आज हामी तपाईहरुर्ला पंचायत सिंहासनमा खडा भएका देवतालाई कसरी राख्ने भन्ने बारेमा बताउन गइरहेका छौँ ।

१.गणेश भगवानलाई पंचायतन ईष्ट देवताको रुपमा लिइएको छ भने पूजा स्थानमा गणेश भगवानको स्थापना गर्नुपर्छ । त्यसको लागि उत्तरमा विष्णु, दक्षिण्मा शिव, मध्य भागमा गणेश, पश्चिममा सूर्य देवता र उत्तर पश्चिममा देवीको स्थापना गर्नुपर्छ ।

२.यदि शिवलाइृ इष्ट देव मान्ने चलन रहेको छ भने आफ्नो घरमा पंचायतन स्थापना गर्नुपर्छ । त्यसको लागि सिंहासनकोे उत्तर पूर्वी भागमा विष्णु, दक्षिणपूर्वमा सूर्य, मध्य भागमा शिव, गणेश,दक्षिण पश्चिममा गणेश र उत्तर पश्चिमको भागमा देवीलाई राख्नुपर्छ ।

३.यदि तपाईको घरमा ईष्ट विष्णु भगवान मान्ने गरेको छ भने आफ्नो पूजा स्थानमा विष्णुलाई पंचायतन स्थापना गर्नुपर्छ । त्यसको लागि सिंहासनको उत्तर पूर्वमा शिव, दक्षिणपूर्वमा गणेश, मध्यमा विष्णु, दक्षिणपश्चिममा सूर्य र उत्तरपश्चिम भागमा देवी स्थापना गर्नुपर्छ ।

४.यदि तपाईहरुले घरको ईष्ट देवको रुपमा देवीलाई लिने गर्नुभएको छ भने पंचायत पूजास्थान स्थापना गर्नुपर्छ । यसको लागि सिंहासनको उत्तर पूर्वमा विष्णु, दक्षिण्पूर्व शिव, मध्यमा दुर्गा र दक्षिणपश्चिममा गणेश र उत्तरपश्चिमको भागमा सूर्यको स्थापना गर्नुपर्छ । यसको लागि उत्तर पूर्वमा विष्णु, दक्षिणपूर्वमा शिव, मध्यमा दुर्गा र दक्षिण पश्चिममा गणेश र उत्तरपश्चिममा सूर्यको स्थापना गर्नुपर्छ ।

५.यदि तपाईको परिवारमा सूर्यलाई ईष्टदवको रुपमा मान्दै आउनुभएको छ भने सूर्यदेवको पूजा स्थान स्थापना गर्नुपर्छ । त्यसको लागि पूजा स्थानको उत्तर पूर्वमा शिव, दक्षिणपश्चिममा गणेश, मध्यमा सूर्य दक्षिण पूर्वी भागमा विष्णु र उत्तरपूर्वी भागमा दुर्गाको स्थापना गर्नुपर्छ ।

यो पनि पढ्नुस 

कोहि व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु, उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण ‘हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् ।

के हो ‘हाइपनिक जर्क’

हाइपनिक जर्क’ वा ‘स्लीप स्टार्टर’ कुनै रोग होइन । र यो कुनै पनि नर्भस प्रणालीको डिसअर्डर पनि होइन । यो निदाएको र बिउँझिदाको समयबीचको अवस्था हो । कम निदाएको समयमा झट्का बढी महसुस हुनेगर्छ । यो जसको दिमागको नसा साँघुरो हुन्छ त्यसको दिमागको प्रतिक्रिया हो । निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् ।

हाइपनिक जर्कको कारण के ?

वैज्ञानिकहरुका अनुसार तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ । यो समस्या बंशानुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ । मध्यपान तथा धुमपान, आइरनको कमिका कारण मांसपेशीमा ऐठन हुन्छ र निन्द्रामा झट्का लाग्छ । साथै, यस्ता समस्या उत्तेजक औसधिको सेवनले पनि हुन्छ । धेरै समय शारीरिक व्यायाम गर्ने मानिसहरुमा पनि यस्तो समस्या देखिन सक्छन् । धेरै व्यायाम गर्ने मानिसहरुको दिमागको आधा भाग सक्रिय रहन्छ । जसले निन्द्रामा झट्का महसुस गराउँछ । अप्ठ्यारो गरेर सुत्दा पनि ऐठन हुन्छ ।

कसरी बच्ने ?

आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । नुहाउँनुभन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् साथै, सुत्ने तरिका पनि ध्यान दिएका यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि ‘सोल्जर पोजिशन’ मा सुत्नुपर्छ । जसको लािग ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ ।

क्याफिन 

सुत्नुभन्दा पहिले कफि, चिया र सोडा जस्ता पेयपदार्थ पिउँनुहँदैन । साँझ आवश्यकताअनुसार पानी पिउने गर्दा रातको समयमा राम्रोसँग निन्द्रा लाग्ने र यस्ता समस्याबाट बच्न सकिन्छ ।

गुलियो कम खाने 

धेरै गुलियो खानेकुराले निन्द्रा विगार्छ । त्यसैले नुन वा गुलियो खानेकुरा कम खानेगर्नुपर्छ । निदाउँनुअघि फलफूल वा तरकारी खान सकिन्छ ।

आइरन

यस्ता डिस्अर्डरलाई कम गर्नको लागि आइरन, म्याग्नेसियम र क्याल्सियमयुक्त खाना खानुपर्छ । आइरनको कमि पूरा गर्न नियमित दुध, दही, केरा र किसमिस खान सकिन्छ ।

धेरै कसरत र मोबाइल

सुत्नुभन्दा ६ घण्टाअगाडि नै कसरत गर्ने र सुत्नुअघि मोबाइल स्विच अफ वा साइलेन्ट मोडमा राखेर सुत्ने गर्नुपर्छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!