Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकपछी अर्को गितमा प्रभाव जमाउदै मोडेल राज तामाङ (भिडियो सहीत)

पछिल्लो समय एक पछी अर्को उत्कृष्ट भिडियो पस्कीदै आएका मोडेल हुन राज तामाङ । मोडलीङ्गकै नशाले काभ्रेपलान्चोक बाट राजधानी छिरेका उनले पछील्लो समय अभिनय गरेका एक पछी अर्को भिडियोहरु चर्चामा आईरहेका छन । होचो कद तर नृत्यमा अब्बल उनको नृत्यमा धेरै लोभिन्छन ।

निकै मेहनती राज तामाङले पछील्लो समय नृत्य गरेको गित हो ‘डाली डालीमा’ …जुन गितले एकदमै छोटो समयमा अत्यधीक दर्शकको ध्यान आफुतिर तान्न सफल भएको छ । उनले यस भन्दा अघि डान्स गरेको गित ‘कुटु कुटु कान्छू’ पनि निकै चर्चामा छ । अहिले डिजिटल बजारमा चर्चामा रहेको ‘डाली डालीमा’ को म्युजिक भिडियोमा अहिलेकी ब्यस्त मोडेल करिष्मा ढकाल र उनको जोडदार डान्स देख्न सकिन्छ ।

दिपु खरेलको स्वर, शब्द र सुर्य बोहोराको संगीतमा तयार भएको यश गितमा बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र लक्ष्मण चौहानको सम्पादन रहेको छ । OSR Digital को आधीकारीक youtube च्यानल मार्फत यश गित अपलोड गरिएको छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया:
You might also like
error: Content is protected !!