Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यसरी हुँदैछ भारतीय एकाधिकार तोड्ने काम केपि ओली सरकारले उठायो यस्तो कदम, सम्मान स्वरुप सेयर गरौ

यसरी हुँदैछ भारतीय एकाधिकार तोड्ने काम केपि ओली सरकारले उठायो यस्तो कदम, सम्मान स्वरुप सेयर गरौ /// लामो समय देखि भारतीय एकाधिकार सहँदै आएको नेपालले चीनसँग सोचेअनुरुप सम्बन्ध विस्तार गर्न नसकेको आरोप लाग्ने गरेको छ । यो बिचमा नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो ।

मङ्गलबार सरकारी उच्चस्तरीय टोलीसहित स्थलगत निरीक्षणमा पुगेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले भन्नुभयो, ‘‘तातोपानी नाका आगामी जेठ १७ बाट सञ्चालन गर्ने तयारी भएको छ ।’ मुलुकको रणनीतिक महत्वको सो नाका छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित अरनिको राजमार्गको पुनर्निर्माण पनि भइरहेकको छ ।

त्यसक्रममा क्षतिग्रस्त ठाउँ र सडकखण्डमा कटान रोकथाम, पहिरो नियन्त्रणको कार्य भइरहेको छ । नेपालले भारत र चीनसँग समान रुपमा सम्बन्ध विस्तार गर्न सक्ने हो भने नेपालमा भारतीय एकाधिकार कम हुने र त्यसो भएपछि नेपालमा भारतीय दादागिरी पनि कम हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!