Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बेल्चा बोकेर निस्किएका चिनियाँ राष्ट्रपति मैदानमा पुगे अनि विद्यार्थीसँग भकाभक माटो उठाउन थाले

चिनियाँ राष्ट्रपति सि चिनफिङ सोमबार एक स्वैच्छिक वृक्षारोपण कार्यक्रममा सहभागि भए । बेजिङस्थित तोङ्जो जिल्लामा उनी बेल्चा र पानी बोक्ने भाँडो सहित वृक्षरोपन मा खटेको दृश्य देखियो ।

उनले विद्यार्थीहरुसँग मिलेर जमीन खनेको, रुख रोपेको अनि पानी हालेको फोटो र भिडियो समेत सार्वजनिक भएका छन्।

चिनियाँ राष्ट्रपति सि चिनफिङको आह्वानमा हाल ‘स्वदेशलाई हराभरा बनाउँ’ भन्ने अभियानका साथ चीनमा प्राकृतिक सम्पदा रक्षा गर्ने कार्यक्रमहरु संचालन भइरहेका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङ स्वंय यस्ता कार्यक्रमहरुमा सहभागी हुनेगरेको जनाइएको छ।

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!