Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पशुपतिनाथले सबैको कल्याण गरुन् : नयाँ वर्ष २०७६ साल तपाईको कस्तो छ ? पढ्नुहोस् वार्षिक राशिफल

–पंडित श्रीकण्ठ सुराचार्य
मेषः– समग्रमा यो वर्ष सामान्य रहनेछ । यान्त्रिक,कृषि कर्म तथा पशु चौपाय जस्ता व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । अध्ययन अध्यापन तथा अनुशन्धानका क्षेत्रमा जेठको दोस्रो सता देखि कार्तिकको तेस्रो साता सम्म कमजोर रहनेछ । त्यस पछि सफलता मिल्नेछ । बर्षको अन्त्यतिर व्यवसाय परिवर्तनको सम्भावना देखिन्छ । तृतीय राहुले उत्प्रेरण जागृत गराउनेछ भने नवम केतु धर्म कर्म तिर अरुची जगाउनेछ । इज्जतमा धक्का दिन सक्छ । नोकरीबाट सन्तुष्टि थोरै मिल्नेछ । व्यापार,व्यवसायमा बढि लगानी र उधारो कारोवार गर्दा विचार गर्नु होला नत्र डुब्न सक्छ । घर परिवारजनबाट सामान्य सहयोग मिल्नेछ । असार,असोज,माघ र फाल्गुन महिना सवल,श्रावण,मंसिर र चैत्र महिना कमसल तथा अन्य महिना सम रहनेछन् त्यहि अनुसार कार्य योजना बनाएर अगाडि बढेमा लाभान्वित हुनेहुनेछ ।

वृषः– जन्मकुण्डलीमा शनि ग्रह खराव हुनेका लागि वर्ष त्यति अनुकुल नहुनसक्छ । द्वितीय राहु र अष्टम केतुका कारण आर्थिक पक्ष दूर्वल हुनेछ । दिएको धन फिर्ता लिन गाह्रो हुनेछ । आफन्त बनेर धोका दिनेछन् । स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक समस्या बढ्नेछन् । मानसिक तनाव झेल्नु पर्नेछ । शैक्षिक क्षेत्र कार्तिक सम्म सवल देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । देश,विदेशको यात्रा हुनेछ । शत्रुहरु कमजोर हुनेछन् । व्यवसाय परिवर्तनको चहाना बढ्नेछ । नोकरीबाट लाभान्वित हुनुहुनेछ । काममा ढिला सुस्ति हुनेछ । श्रावण,कार्तिक,फाल्गुन र चैत्र महिना कार्य प्रगति र आर्थिक दृष्टिकोणले राम्रा रहेका छन भने भदौ,पुस र वैशाख महिना कमजोर तथा अन्य महिना सामान्य रहनेछन् । फाल्गुन ४ गतेबाट अढैया शनि दशाले छोड्नेछ ।

मिथुनः– ग्रह,गोचर सामान्य देखिन्छ । वर्ष भरि नै गुरु तपाईका राशिबाट छैठौ र सातौ स्थानमा रहने हुदा पढाई लेखाईमा सामान्य उतार चढावका वीच सफलता मिल्नेछ । घरमा मांगलिक काम हुनेछन् । सप्तम स्थानमा वसेको शनिले व्यापार व्यवसायमा उतार चढाव ल्याउनेछ । साझेदारी काममा हात नहाल्नु होला । स्वतन्त्र प्रकृतिका कामबाट आय आर्जन राम्रै हुनेछ । इष्टमित्र साथी भाईका कारण आर्थिक समस्यामा पर्न सकिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउदा उचित हुनेछ । आफ्नै राशीमा बसेको राहुले मानसिक तनाव बढाउने छ भने सातौ केतुले दामपत्य जीवनमा अमेल बढाउन सक्छ । फाल्गुन ४ गतेबाट अढैया शनिले प्रवेश गर्नेछ । आर्थिक तनाव बढाउनेछ । स्वास्थ्य कमजोर बन्नेछ । वैशाख,भदौ,मंसिर र चैत्र महिना उत्तम,असोज,माघ र जेठ महिना कनिष्ठ तथा अन्य महिना समान्य अनुकुल रहनेछन्

कर्कटः– यो वर्ष सामान्य वर्ष रहनेछ । विशेष गरेर शनि अनुकुलताको कारण गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । ठेक्का पट्टा एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । पुरान समस्या फस्र्योट हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । घर परिवार तथा आत्मियजनबाट सहयोग मिल्नेछ । पेशा व्यवसायमा नयाँ नयाँ अवसर आउनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । सहज र सरल तरिकाले काम बन्नेछन । सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । राज्यबाट सम्मान पुरस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । पशु पालन,कृषि जस्ता व्यवसायबाट लाभान्वित हुनुहुनेछ । पढाईमा भने सोचे जस्तो हुने छैन । स्वास्थ्यमा मृगौला सम्बन्धी समस्या आउन सक्छ । विशेष अनुकुल महिना पुष,आश्विन,वैशाख र जेठ तथा प्रतिकुल कार्तिक,फाल्गुन र असार एवं अन्य महिना सामान्य रहने छन् ।

सिंहः–समग्रमा वर्ष फलदायी देखिन्छ । हरेक क्षेत्रमा सुधारका संकेत देखिने छन् । एकादश स्थानमा रहेको राहुका कारण आकास्मिक आम्दानीका क्षेत्र भेटिने छन् । गुमेको धन हात पर्नेछ । अनुशन्धानका क्षेत्रमा सफलता मिल्नेछ । तर पाचौ केतु र शनिका कारण अध्ययन अध्यापन कार्यमा भने सोचे जस्तो हुने छैन । सन्तान सुखमा कमि ल्याउनेछ । कार्तिक पछि भने शैक्षिक क्षेत्रमा सामान्य सुधार आउनेछ । घर परिवार मित्र,बन्धु वर्गादिबाट सहयोग सहानुभूति सुझाव सल्लाह मिल्नेछ । भौतिक सम्पति बढ्नेछ । तर अध्यात्मिक सम्पति भने घट्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । कृषि पशु चौपायबाट सामान्य आम्दानी हुनेछ । वैदेशिक कार्य अधुरा रहने छन् । पारिवारिक समस्याबाट छुटकरा मिल्नेछ । उत्तराद्र्धको तुलनामा पूर्वाद्ध कमजोर देखिन्छ । जेठ,असार,कार्तिक र माघ महिना उन्नतिका हिसावले राम्रो रहेका छन् । मंसिर,चैत्र र श्रावण महिना प्रतिकुल रहेका छन् ।

कन्याः– यो वर्ष त्यति अनुकुल नहुन सक्छ । जन्मको शनि खराव भएमा धेरै राम्रा कामको आशा गर्नु गलत हुनेछ । अढैया शनि कारण स्वास्थ्ययमा जटिल समस्या आउन सक्छ,समयमा सचेत हुनुहोला । घर परिवारमा समस्या आउने तथा पैतृक धन सम्पतिको नास हुने देखिन्छ । घर छोडेर हिड्नु पर्ने अवस्था आउन सक्छ । मित्र बन्धुमा द्रोह चिन्तन बढ्नेछ । परभाव,परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । आफन्तबाट सहयोग भन्दा असहयोग बढि हुनेछ । काम गर्दा विभिन्न कठिनाई भोग्नु पर्नेछ । धेरै काममा असफलता हात लाग्नेछ । जोखिमपूर्ण काममा हात नहाल्नु बढि उचित हुनेछ । नयाँ क्षेत्रमा लगानी बढाउनु राम्रो देखिन्न । नोकरीमा समस्या आउनेछ । इज्जत प्रतिष्ठा बचाएर काम गर्नु होला । सामान्य उपलब्धिका हिसावले मंसिर,फाल्गुन,असार र श्रावण महिना उत्तम रहलान् । वैशाख, पुष र भदौ महिना प्रतिकुल तथा अन्या महिना समान्य रहलान् ।

तुलाः– जन्म समयमा शनि अनुकुल हुनेले यो वर्ष धेरै क्षेत्रमा सफलता हात पार्नेछन् । उद्योग पराक्रम बढ्नेछ । अधुरा काम फस्र्योट हुनेछन् । नयाँ योजनाका बारेमा विचार विमर्श हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुनसक्छ । श्रम क्षेत्र सफल रहनेछ । तृतीय केतुले बल वृद्धि गराउनेछ । अरुको शरणमा परिने छैन । पारिवारिक सुख र भौतिक सुखमा वृद्धि गराउनेछ । नवम राहुले भने काम गरेर पूर्ण लाभ लिन दिने छैन । धार्मिक काम कम गराउनेछ । श्रावण,भदौ,पुष र चैत्र महिना उन्नतिका हिसावले उत्तम महिना हुनेछन् । माघ,जेठ र असोज महिना कुनै नयाँ काम शुरु नगर्नु होला प्रतिकुल हुनेछ । फाल्गुन ४ गतेबाट अढैया शनि दशाले छुनेछ ।

वृश्चिकः– फाल्गुन ४ गतेसम्म अन्त्य साढेसाती शनि ग्रहको प्रभाव बढि रहने हुदा जन्मको शनि खराव हुनेका लागि आर्थिक दृष्टिले समय त्यति अनुकुल नहुन सक्छ । द्वितीया केतु र अष्टम राहुका कारण धन सम्पतिको नोक्सानी वेहोर्नु पर्नेेछ । आफन्तमा वैरभाव उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । मनमा अशान्ति बढ्नेछ । नोकरीमा राम्रो गर्दा गर्दै पनि अपयश आउन सक्छ । गुरुदेवका कारण शैक्षिक क्षेत्रमा सामान्य प्रगति हुनेछ । घरमा मांगलिक काम हुनेछन् । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ तर वचत गर्न भने गाह्रो हुनेछ । पशु चौपाय तथा कृषि क्षेत्रमा गरेको लगानी निरर्थक हुन सक्छ । वैदेशिक यात्राको योग देखिन्छ । नयाँ कामको थालनी हुनेछ । माघ,वैशाख, भदौ र असोज महिना उत्तम,फाल्गुन,असार र कार्तिक महिना खराव तथा अन्या महिना सामान्य रहनेछ । वर्षको अन्त्यतिर केहि नयाँ काम हुनेछन् । व्यवसायिक प्रतिष्ठानमा सुधार आउनेछ ।

धनुः– यो बर्ष भरि नै तपाईलाई साढेसाती शनि,राहु र केतु ग्रहको नकरात्मक प्रभाव बढि रहने हुदा राम्रो बर्ष भन्न मिल्दैन । जन्मको शनि खराव हुनेका लागि दुःख,कष्ट हैरानी धेर थोर झेल्नै पर्ने हुन्छ । आफन्तजनमा मनमुटाव बढ्नेछ । हेलचक्र्याई गरेर काम गरेमा ठुलो नोक्सानी हुनेछ । घर परिवारमा समस्या बढ्ने छन् । आत्मिय जनबाट टाढा हुने अवस्था आउन सक्छ । अनिर्णयको बन्दि हुनु पर्ला । सातौ राहुले व्यवसायिक काममा असर पु¥याउनेछ । दामपत्य जीवनमा दरार ल्याउन सक्छ । साझेदारले धोका दिने छन् । पशु चौपाय तथा कृषि क्षेत्रमा गरेको लगानी निरर्थक जस्तो हुनेछ । अध्ययन अध्यापनमा पनि सोचे जस्तो प्रगति हुने छैन । जेठ,असोज, कार्तिक र फाल्गुन महिन उन्नतिका दृष्टिले उत्तम देखिन्छ । केहि काम बन्ने छन् । वैदेशिक क्षेत्रका काम हुनेछन् । धार्मिक यात्रा हुनेछ । खर्चका दृष्टिले चैत्र,श्रावण र मंसिर महिना र अन्य महिना सामान्य रहनेछन् ।

मकरः– आद्य र मध्य साढेसाती शनि ग्रहको प्रभावले गर्दा यो वर्ष कामबाट धेरै उपलब्धि हासिल नहुने देखिन्छ । हरेक काम गर्दा संवेदनशिल भएर लाग्नु पर्ने देखिन्छ । मानसिक तनाव वेहोर्नु पर्नेछ । आर्थिक क्षेत्रमा विषमता आउनेछ । गरेका कामबाट उचित प्रतिफल लिन सकिने छैन । दूर्जनहरुले दुःख दिने छन् । झुट्टा आरोप लाग्न सक्छ । व्यवसायमा गरेको लगानी डुब्नेछ । पशु चौपायबाट हानि नोक्सानी धेरै वेहोर्नु पर्नेछ । जेठ ८ गतेबाट कार्तिक १२ गते सम्म गुरुदेव अनुकुल देखिएकोले वौद्धिक व्यक्तित्व सँगको संगतले लाभान्वित हुनुहुनेछ । घर परिवारमा धार्मिक कार्य हुनेछन् । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुने योग देखिन्छ । बाह्रौ केतुले चोटपटको भय दिनेछ भने छैठौ राहुले निरोगिता बढाउनेछ । उन्नति प्रगतिका हिसावले असार,कार्तिक,मंसिर र चैत्र महिना तथा अवनतिका हिसावले वैशाख,भदौ र पुष महिना एवं समदृष्टिले अन्या महिना रहनेछन् ।

कुम्भः– यो वर्ष ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । उपलब्धिका कामहरु धेरै हुनेछन् । वौद्धिक सम्पति बढ्नेछ । घरमा मांगलिक काम हुनेछन् । साथी भाई इष्टमित्रबाट सहयोग सल्लाहा,साहनुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ भूमिका निर्वाह गर्नु पर्ला । सामाजिक काममा अभिरुची बढ्नेछ । मान सम्मान,पुरस्कार मिल्नेछ । कृषि,औजार,भूमि, एजेन्सि तथा ठेक्कापट्टाबाट आय आर्जन बढ्नेछ । गीत संगित तथा सहित्यमा रुची बढ्नेछ । अनयास सम्पतिको वृद्धि हुने योग पनि देखिन्छ । नयाँ नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । पञ्चम राहुका कारण सन्तानबाट सुख,शान्ति कम मिल्नेछ । सोचे जस्तो शैक्षिक क्षेत्रमा सफलता मिल्ने छैन । फाल्गुन ४ गते देखि साढसाती ग्रहले प्रवेश गर्नेछ । मिथ्या कुराले सताउनेछ । वैदेशिक कार्य अधुरो रहने छन् । एजेन्सि तथा निर्माण सम्बन्धित काममा समस्या आउनेछ । उन्नतिका दृष्टिले वैशाख,श्रावण,मंसिर र पुष महिना,अवनतिका दृष्टिले जेठ,असोज,माघ र समदृष्टिले अन्य महिना रहेका छन् ।

मिनः– यो बर्ष ग्रह गोचर मध्यम देखिन्छ । हरेक क्षेत्रमा सोच विचार काम गर्नु पर्ने देखिन्छ । अध्ययन अध्यापन क्षेत्र सफल रहेकोछ । दशम शनि र केतुका कारण काम काजमा विलम्ब हुनेछ । सहज रुपमा काम हुने छैनन । काम गर्दा गोपनियता अप्नाई प्रयत्नपूर्व कुटनैतिक विधि अप्नाएर गर्नु होला,ढिलै भए पनि सफलता भने अवस्य मिल्नेछ । घर परिवारबाट सुख,शान्ति अल्प मिल्नेछ । पशु चौपायमा धेरै लगानी नबढाउनु होला डुब्न सक्छ । राजनीति तथा नोकरीमा साना तिना समस्या आई रहने छन् । कुराको सहयोग पाईनेछ तर खुलेर सहयोग गर्ने कोहि भेटिने छैनन् । चतुर्थ राहुका कारण धनमाल चोरी वा हराउने वा पैत्रिक सम्पति नोक्सन हुनसक्छ । नयाँ काम गर्दा हतारमा नगर्दा फाइदा हुनेछ । अनुसन्धान,अन्वेषणका काममा आंशिक सफलता मिल्नेछ । घर परिवारमा धार्मिक कार्यहरु हुनेछन् । जेठ,भदौ, पुष र माघ महिना शुभ,असार,कार्तिक र फाल्गुन महिना कमजोर तथा अन्य महिना सामान्य रहलान् । समस्त पाठक वर्गमा २०७६ सालको हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!