Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टन्टलापुर घाममा ५० केजीको भारी बोक्दा बोक्दै बिसाएर निदाए यी बालक, हृदयविदारक तस्विर

यसो सोच्नुहोस् त । टन्टलापुर घाममा ५० केजीको भारी बोकेर उकालो बाटो हिड्दा कस्तो होला रु हामी मध्ये धेरैले यो दुख भोगेका पनि होलौ । आफ्नो बाल्यकाल सम्झनुस् भदौको घाममा उकालो बाटोमा गह्रौं भारी बकेर तप तप पसिना चुहाएको । कति गाह्रो हुन्छ त्यो भोगेकोलाई थाहा हुन्छ । त्यस्ते अहिले एक १२र१३ बर्षको उमेरमा स्कुल जाने, साथी भाईसँग खेल्ने, घर आउने होमवर्क गर्ने, सामान्य काममा बाबुआमालाई सघाउने यसरी नै दिनचर्या वित्छ यी उमेरका नानी बाबुको ।

यी तस्विरमा देखिएका बालकको भाग्य त्यस्तो पढ्न, खेल्न, रमाउने भाग्य छैन। यी बालकको पनि मन होला पढ्न, खेल्न, रमाउन । तर यी बालक ५० केजीको भारी बिसाएर टन्टलापुर घाममा निदाएका छन् । ताप्लेजुङ स्थित कञ्चनजंघा वेसक्याप जाने बाटो (तापेथोक) नजिकै यी मस्त निदाइरहेका छन् ।यी बालक नीलो भेष्ट, कालो हाफ पाइन्ट, नीला चप्पल ढुंगाको कापमा गुडुल्की परेर निदाएका छन् ।

उनको नजिक ५० केजी जति कोदाको भारी छ । उनको हात खुट्टामा घाउनै घाउ छ भने उनी पहिरो खसिरहने ठाँउमा निदाएका छन् । यो तस्विर पत्रकार तथा कवि प्रकाश ढंगानाले खिचेका हुन् । उनले त्यो बालकलाई उठाएर केही सोधेनन् ।

केवल ती बालकलाई हेरे, तस्विर खिचे, मन अमिलो बनाए अनि हिँडे । त्यही कारणको उनको नाम, घर र उनी कहाँ जान लागेका हुन् थाहा छैन ।हाम्रो देशमा वालश्रम मुक्त घोषणा गरिए पनि यस्ता धेरै बालक छन् । बालश्रमको नारा जति नै उछालिए पनि कार्यान्वयन नहुदा फितलो भइरहेको छ ।

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!