Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाथीभरा माताले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख ५ गते विहिबार नेपाल सम्बत ११३९ चौलाथ्व तदनुसार सन् २०१९ अप्रिल १८ तारिक चैत्र शुक्लपक्ष चतुर्दशी तिथि साँझ ६ वजेर ५५ मिनेट सम्म उप्रान्त पूर्णिमा तिथि,हस्ता नक्षत्र राती ९ वजेर ११ मिनेटसम्म उप्रान्त चित्रा नक्षत्र,व्याघातयोग,गरकरण, आनन्दादियोग रक्ष,सूर्य मेष राशीमा,चन्द्रमा कन्या राशीमा ।
मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३८ मिनेटबाट मध्यान्ह १२ वजेर २९ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः– विहान ८ वजेर ५१ मिनेटबाट १० वजेर २७ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह १ वजेर ४० मिनेटबाट ३ वजेर १६ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ६ वजेर ३९ मिनेटबाट ७ वजेर ५ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ९ वजेर ५५ मिनेटबाट १० वजेर ४६ मिनेटसम्म र अपरान्ह ३ वजेर ३ मिनेटबाट ३ वजेर ५५ मिनेटसम्म रहनेछ

दिन बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर १५ मिनेटसम्म शुभ वेला,७ वजेर १५ मिनेटबाट ८ वजेर ५१ मिनेटसम्म रोग वेला,८ वजेर ५१ मिनेटबाट १० वजेर २७ मिनेटसम्म उद्वेग वेला,१० वजेर २७ मिनेटबाट १२ वजेर ४ मिनेटसम्म चर वेला,१२ वजेर ४ मिनेटबाट १ वजेर ४० मिनेटसम्म लाभ वेला,१ वजेर ४० मिनेटबाट ३ वजेर १६ मिनेटसम्म अमृत वेला,३ वजेर १६ मिनेटबाट ४ वजेर ५३ मिनेटसम्म काल वेला र ४ वजेर ५३ मिनेटबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

रात्री बार वेला
सूर्यास्तबाट ७ वजेर ५३ मिनेटसम्म अमृत वेला,७ वजेर ५३ मिनेटबाट ९ वजेर १७ मिनेटसम्म चर वेला,९ वजेर १७ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म रोग वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर ४ मिनेटसम्म काल वेला,१२ वजेर ४ मिनेटबाट १ वजेर २८ मिनेटसम्म लाभ वेला,१ वजेर २८ मिनेटबाट २ वजेर ५२ मिनेटसम्म उद्वेग वेला,२ वजेर ५२ मिनेटबाट ४ वजेर १५ मिनेटसम्म शुभ र ४ वजेर १५ मिनेटबाट सूर्योदयसम्म अमृत वेला रहनेछ ।
राशीफल

मेषः– कल्पना भन्दा बाहिरका कुरा हुनसक्छन् सचेत भएर अगाडि बढ्नु होला । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया हुनेछन् । श्रमको मूल्य लिन निकै कसरत गर्नु पर्ला । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र लाभ लिन सकिनेछ । असहयोग गर्नेको जमात बढ्न सक्छ ।

वृषः– दुविधा मुक्त भएर कार्य क्षेत्रमा जानु होला । अरुबाट सहयोगको आशा धेरै नराख्नु होला । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । व्यवसायिक प्रतिष्ठानबाट मुनाफा धेरै लिन सकिने छैन । प्रेममा धोका हुनसक्छ । पढाई लेखाईमा अवरोध आउन सक्छ । लगानीमा जोड नदिनु होला । यान्त्रिक कामबाट नोक्सान बढि हुनेछ ।

मिथुनः– रोग,शोक र चोरको भय बढि देखिन्छ । लगानी नबढाउनु होला । आफन्त सँगको विश्वास गुम्न सक्छ । चुनौतिको सामना गर्नु पर्ला । समस्याबाट पीडित हुनुहुनेछ । अनावस्यक खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आपसमा मनमुटाव बढ्नेछ । दिएको धन झट्टै फर्किने छैन ।

कर्कटः–काम गर्ने वातावरण बन्नेछ समयको सदुपयोग गर्नु होला । काम गर्ने जोश जागर घट्ने छैन । गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला उपलब्धि गुम्न सक्छ । अरुको पूर्ण विश्वास र भरोसामा नपर्नु होला ।

सिंहः– कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । अरुको भर विश्वासमा काम गर्दा फसिन सकिन्छ सतर्क रहनु होला । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्तिक कम हुने देखिन्छ । पुरानो संरचनालाई नभत्काउनु होला पछि घाटा हुनेछ ।

कन्याः– बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक उन्नतिका सम्भावना बढि नै देखिन्छ समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । इष्टमित्र सकरात्मक हुनेछन् । घर खर्च बढि नै होला ।

तुलाः– काम गर्ने वातावरण अझै बन्ने छैन । सोचाईका विपरित काम हुनेछन् । विश्वास पात्रले धोका दिन सक्छन् । हेलचक्र्याई गरेर काम गर्दा दुःख कष्ठ बढि मिल्नेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । राज्यसँग सरोकार रहेका विषयमा आज अगाडि नबढ्नु होला । परभाव र पर बन्धनको सम्भावना देखिन्छ ।

वृश्चिकः– सापटी दिएको रकम पाईनेछ । समयको ख्याल राखेर अगाडि बढ्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन ठीकै ठीकै हुनेछ । आत्मिय मित्रबाट सहयोग सहानुभूति मिल्नेछ । कार्य क्षमता घट्ने छैन तर समयमा काम गर्न सकिएन भने उपलब्धिका अवसर गुम्न सक्छन् ।

धनुः– अत्यन्त सजग र सतर्क भएर अगाडि बढ्नु होला । काम काजमा प्रगति राम्रै हुनेछ । काम गरे अनुसारको लाभ लिन सकिने छ । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् । विगतमा विग्रेको सम्बन्धमा सुधार आउनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा भने एकपटक सोचेर गर्नु होला ।

मकरः–देखे जस्तो,सोचे जस्तो र गरे जस्तो कहि कतै नहुनसक्छ । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । धार्मिक काममा सहभागि हुने अवसर आउन सक्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । जीवन साथीको सहयोग लिएर काम गर्नु भएमा सहजता बढि हुनेछ । सहयोग गर्ने भन्दा आसा राख्ने धेरै हुनेछन् । खर्च बढ्नेछ ।

कुम्भः– असहज परिस्थिति सृजना हुनसक्छ । मनमा अशान्ति बढ्नेछ । काम गरे अनुसारको प्रतिफल मिल्ने छैन । विभिन्न समस्या झेल्नु पर्नेछ । विश्वास र भरोसा टुट्ने छ । फजुल खर्च बढ्नेछ । दिएको धन डुब्न सक्छ । भरोसाको केन्द्रविन्दु टुट्न सक्छ । लगानी नबढाउनु होला व्यापार घाटा बढ्नेछ । दुःख कष्टमा सहयोग गर्ने कोहि हुने छैन ।

मिनः–दिन अनुकुल नै देखिन्छ । जति काम गर्न सक्यो उति नै फाइदा हुनेछ । कुरा अनुसारको काम हुनेछन् । साझेदारी भन्दा एकलौटी व्यापार व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । परिवारको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । काममा ढिला सुस्ति गरेमा अवसर गुम्नेछ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!