Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज वैशाख ७ गते शनिबार अप्रिल २० को राशिफल

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१, सम्वत २०७६ साल वैशाख ७ गते शनिबार नेपाल सम्बत ११३९ चौलागा,सन् २०१९ अप्रिल २० तारिक कृष्णपक्ष प्रतिपदा तिथि अपरान्ह ३ वजेर ३५ मिनेटसम्म,स्वाती नक्षत्र साँझ ७ वजेर २५ मिनेटसम्म,वज्रयोग,कौलवकरण,आनन्दादियोग सिद्धि,सूर्य मेष राशीमा,चन्द्रमा तुला राशीमा ।

मेषः– भाग्यको मात्रै भर परेर नबस्नु होला काम प्रतिको सक्रियता पनि बढाउनु होला । समयमा गरेका कामबाट लाभ हुनेछ भने ढिला गरेरमा गुम्नेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनुहुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ ।

वृषः– आत्मबाल आत्म विश्वास बढ्नेछ । अरुको विश्वास गर्दा धोका हुनेछ भने आफ्नै प्रयासमा काम सफल हुनेछन् । विवादित विषयको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आशाका किरण देखिनेछन् ।

मिथुनः– तपाईलाई भ्रममा पारेर फाइदा लिन सक्छन् सतर्क भएर काम गर्नुहोला । लगनशिल भई गरेका काम सफल हुनेछन् । दैनिक काम काजबाट सामान्य लाभ हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

कर्कटः– सुखको खोजी हुनेछ । काम प्रतिको लगनशिलता घट्न सक्छ । सहयोग गर्ने भन्दा आशा र भरोसा गर्ने धेरै हुनेछन् । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । पारिवारिक खर्च बढि हुनेछ । सहित्य प्रति रुची जाग्नेछ ।

सिंहः– काम गर्ने वातावरण देखिन्छ । ढिला गर्दा उपलब्धि गुम्नेछ त्यसैले समयको ख्याल राखेर अगाडि बढ्नु होला । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । आफन्तजनबाट सहयोग मिल्नेछ ।

कन्याः– दिन मध्या देखिन्छ । सक्रियताबाट नै सफलता मिल्नेछ । दुविधा मुक्त भएर काम गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आफन्तको सल्लाहा सुझाव लिएर काम गर्नु होला ।

तुलाः– आत्म विश्वास गुम्ने छैन । समयमा गरेका कामबाट उचित प्रतिफल निस्कनेछ । आर्थिक कारोवारमा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । घरका समस्याबाट मुक्ति मिल्ने छैन ।

वृश्चिकः– आर्थिक उन्नतिका हिसावले दिन त्यति राम्रो देखिन्न । इष्टमित्र साथी भाईका कारण खर्च बढ्नेछ । गरेका कामबाट आफुलाई भन्दा अरुलाई बढि फाइदा पुग्न सक्छ । व्यर्थको घुमाई फिराई बढि हुनेछ ।

धनुः– सामान्यतया दिन अनुकुल देखिन्छ । समयमा लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । बास्तुकाल तथा निर्माण सम्बन्धित कामबाट बढि लाभ हुनेछ ।

मकरः– तपाईका विचार र कामले प्राथमिकता पाउनेछ । सक्रिय भएर लाग्नु होला नोकरी तथा राजनीतिमा अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । इज्जत प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

कुम्भः– समयमा विस्तारै सुधार आउनेछ । गतिरोध हट्दै जानेछ । कार्य लगनशिलता बढ्नेछ । अरुका कामलाई भन्दा आफ्ना कामलाई प्रथमिता दिनुहोला । यात्राको सम्भावना लाई नकार्न सकिन्न । आस्था र विश्वास बढ्नेछ ।

मिनः– बढि विश्वास गरेर काम नगर्नु होला पछि वितृष्ण जाग्न सक्छ । नयाँ कामको पनि शुरुवत नगर्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । विना उपलब्धिका खर्च बढ्ने छन् । आसा र भरोसा टुट्न सक्छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!