Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पथरीमा कन्सर्ट हेर्न गएकी महिलाको बलात्कार पछि हत्या

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी छिन ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेको मर्निङ वाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन । उनी १४ बर्षिया छोराको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन ।

पसल अगाडी घोप्टो परेको अबस्थामा नाङगै उनी लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनको बलात्कार पछि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भईरहेको र सो स्थानमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!