Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुईतिहाई सरकारको दम्बमा एकात्मक राज्य सञ्चाालन- पुर्वराज्य मन्त्री गुरुङ

प्रकाश पाक्साँवा, तेह्रथुम ।
नेपाली कांग्रेसको जागरण अभीयानको क्रममा तेह्रथुमको छथर सुक्रबारेमा आयोजित कार्यक्रममा दुईतिहाई सरकारको दम्बमा एकात्मक राज्य सञ्चाालन गरेको भौतिक तथा पुबार्धार यातायात पुर्बराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सिता गुरुङले बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहनु भएका गुरुङले अहिलेको सरकारमा रहेका जनप्रतिनिधीहरुले आफ्नो पार्टीको बाहेक अरुलाई नागरिक नै नसम्झीएको र पार्टीमा कार्यकर्ताहरु मात्रै उपभोक्ता समितीमा राख्ने गरेको बताउनु भयो । झुटा नारा बोकेर जनताको आँखामा नेकपाको सरकारले छारो हाल्दै आएको गुरुङ कार्यक्रममा सम्बोधन गर्दै बताउनु भयो । अहिलेको सरकारले प्रेश जगतलाई नै कुण्ठित पार्ने बिधेयक ल्याएकोले पत्रकार सडकमा उर्लिनु बाध्य भएको बताउनु भयो ।

नेकपाको नेतृत्वमा नेपालमा अहिले सम्मकै धेरै भष्टचार भएको कार्यक्रमका बक्ताहरुले आरोप लगाएका थिए । देश बिकासका लागी आफुहरु सक्षम भएर पनी जनताले कुठाराघात गरेका कारण अहिले नेकपाको दम्बले नागरिकहरुले सुखको सास फेर्न नपाएको कार्यक्रममा बिशीष्ठ अतिथी पुर्ब सभासद तुलसी सुब्बाले बताउनु भयो । नेकपाले जितेको स्थानीय तहहरुमा अन्य पार्टीका नागरिकहरुलाई जनता नै नठान्ने गरेको जिल्ला सभापती गोबिन्द ढुुङगानाले बताउनु भयो । नेकपाले समान्तबाद अन्त्य देखी सम्यबाद सम्ममो नारालाई बिर्सीएको र चुवानमा करोडौ खर्च गरी जित्ने गरको जिल्ला कार्यसमितीका ज्ञानेन्द्र बहादुर खत्रीले बताउनु भयो ।

कार्यक्रमको स्वागत मन्तब्य राख्दै महाअधीबेशन प्रतिनिधी टेकराज तिगेलाले सबैभन्दा धेरै तेह्रथुमको छथर गाउँपालिकामा नेकपाको सरकारले कानुन बिपरित खर्च गरेकोमा नागरीकहरु सचेत रहनु पर्ने बताउनु भयो । रामचन्द्र भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रम छथर सभापती भिम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्लाको बिभीन्न स्थानीय तहहरुमा जागरण अभीयान सम्पन्न् गर्दै ५ औ कार्यक्रमको रुपमा छथर सुक्रबारेमा गरीएको नेपाली कांग्रेस तेह्रथुमले जनाएको छ ।

यो पनि हेर्नुस

किरात राई यायोख्खा नेपाल इजरायलको आयोजनामा उभौली सिली कार्यक्रम शम्भु राई इजरायलमा प्रस्तुति दिदै
https://youtu.be/IhmzY8vA5Pk

प्रतिक्रिया:
You might also like
error: Content is protected !!