Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घाँटी रेटेर हत्या गर्नेलाई पक्राउ गर्न माग गर्दै विद्यार्थीले थाले आन्दोलन

पाँचथर : बलत्कार प्रयास सफल नभएपछि घाँटी रेटेर हत्या गरिएकी १५ वर्षीय सितल योङहाङका हत्यारा पक्राउका लागि दवाव दिँदै आज पाँचथरमा विद्यार्थी हरुले प्रदर्शन गरेका छन ।
जिल्लाहो हिलिहाङ स्थित सिद्ध मावि पञ्चमी कक्षा १० मा अध्ययनरत योङहाङको हत्या भएको ८ दिन वित्दासम्म हत्याका योजनाकार फाल्गुनन्द २ निवासी पदम तामाङ पक्राउ नपरेको भन्दै विद्यार्र्थी हरुले सदरमुकामम फिदिममा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय पाँचथर अगाडी धर्ना दिएका हुन ।
पाँचथर बहुमुखी क्याम्पवाट निस्केको विद्यार्थीहरुको जुलुसले सितल योङहाङका हत्यारा पक्राउ गर र हत्यारालाई कार्र्वहि गर लगायतका नारा लेखिएका प्ले कार्ड र व्यानर वोकेर फिदिम बजार परिक्रमा गरेका थिए ।
बजार परिक्रमा पश्चात जिल्ला प्रहरी कार्यालय पाँचथर अगाडी पुगेर हत्यारा पक्राउ गर्न दवाव दिँदै नारा लगाएका विद्यार्थीले प्रहरी कार्यालयको मुल गेट अगाडी नै कोण सभा गरे ।
कोणसभामा विद्यार्थी नेताहरुले हत्यारा पक्राउ नपरेसम्म आन्दोलन जारी रहने उद्घोष पनि गरे ।
योङहाङको गत बैशाख २९ गते घर नजिकै घाँटी रेटेर हत्या गरिएको थियो । पहिल्यै चिनजान रहेका पाँचथर फाल्गुनन्द २ का पदम तामाङ र भगिरथ वास्तोलाले वलत्कार प्रयास गर्दा सफल नभएपछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
हत्या आरोपी मध्ये वास्तोला बैशाख ३० गते नै पक्राउ परेपनि तामाङ हालसम्म फरार नै छन ।

इजरायलमा ब्रबिन शेर्माको प्रस्तुतिले साकेलामा छायो रौनक (भिडीयो )
https://youtu.be/4tnOW8Q5MhQ

प्रतिक्रिया:
You might also like
error: Content is protected !!