तीनजुरे अनलाइन /
बिश्वका किरात राईहरु एक हौ,आफ्नु भाषा ,लिपि,कला संस्कृति,संरक्षण र सम्बर्धन गरौ भन्ने मूल नाराका साथ इ.स. २०१२ मा  स्थापना भएको किरात  राई यायोख्खा नेपाल इजरायलको आयोजनामा उभौली सिली कार्यक्रम (यले दोङ) ५०७९  गत  मे १७ तारिक बेलुका ७ बजे  याद खरुचिम १५ तेलअबिबमा भब्य रुपमा सम्पन्न  भएको छ ।
बबिना राइको  सभापतित्व मा भएको उक्त कार्यक्रममा बिसेष  अतिथि एन आर एन  ए  इजरायलकि अध्यक्ष शान्ता  ज्ञवाली अधिकारी, प्रमुख अतिथि आदिबाशी जनजाती महासंघका अध्यक्ष  नरेश कुमार श्रेष्ठ, बिसेष अतिथिमा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकार द्वय शम्भु राई ,ब्रबिम लिम्बु किरात  राई यायोक्खा नेपाल इजरायलका संरक्षक बालकुमार राई ,संस्थाका  बरिस्ठ सल्हाकार साथै उक्त कार्यक्रमका संयोजक दिपकुमार राई लगायत इजरायलमा स्थापित बिभिन्न संघ  संस्थाका अध्यक्ष प्रतिनिधि मीडियाकर्मी लगायतको उपस्थित रहेको थियो । 
साथै नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकार गायक शम्भु राईका गीत हरुले सबैलाई दर्शक लाई भरपुर मनोरंजन गराएका थिए ।
साथै  किरात  राई यायोक्खा नेपाल इजरायलको  उक्त कार्यक्रम मार्फत  इन्दिरा राईको अध्यक्षतामा १७ सदस्यीय   नया कार्य समिति २ बर्षको लागि गठन भएको छ जसमा अध्यक्ष : इन्दिरा राई,बरिस्ठ उपाध्यक्ष: मैया राई,उपाध्यक्ष: देव कुमार राई,महासचिब :चन्द्रकला राई,सचिब :मिना देवी राई,कोशाध्यक्ष:माया राई,  सदस्य हरु अमृत राई, उमा राई, निलिमा राई, सुजन राई, अस्मिता राई, सरिता राई, रेखा राई, ज्ञानु राई, लक्ष्मी राई, रमेश राई, निता राई, रहेका छन् ।
बिदेशकाे ठाउँमा रहेर पनि जन्मभुमिमा भइपरी आउने बिभिन्न किसिमका प्राकृतिक प्रकाेप तथा राेगब्याथाहरू बाट पीडितहरूलाइ  सकेकाे अार्थिक, भाैतिक सहयाेग गर्ने  र मुख्य रूपमा आफ्नु  समुदायकाे भेषभुषा, भाषा, लिपि, कला संस्कृतिहरूलाई सम्बर्धन तथा संरक्षण गर्ने उदेस्यले  २०१२ , मा  स्थापना भएकाे यश संस्थाले  त्यश समय बाट नै आफ्नाे उदेस्य अनुसार बिभिन्न गतिविधिहरू गर्दै आएकाे संरक्षक कुमार राईले जानकारी दिनु भयो  !
उक्त कार्यक्रममा इजरायलबासी सम्पुर्ण नेपाली तथा नेपाली भाषी दाजुभाई, दिदिबहिनी, बुद्दिजिबी , बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनि हरुमा मीडिया कर्मी लगायत लाइ धन्यबाद दिदै उक्त कार्यक्रमकी सभापति बबिना राइले कार्यक्रमलाइ समापन गर्नु भएको थियो ।

