४ ओटा संस्थाहरुको संयुक्त आयोजनामा इजरायलमा २०५ औ भानु जयन्ति मनाइने |

इजरायल बिसेष

तिनजुरे अनलाइन.

 

इजरायलमा २०५ औ भानु जयन्ति भव्यताका साथ मनाइने भएको छ नेपाली भाषा,कला संस्कृति जगेर्नाको निम्ति   इजरायलमा स्थापना भएका साहित्य साथै  कला क्षेत्रमा आबद्ध रहेका चार संस्थाहरु अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर, तथा साहित्यिक चौतारी नेपाल इजरायल शाखा र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलले संयुक्त रुपमा  मनाउना लागेका हुन |

आउदो जुलाई १४ तारिक इजरायलको तेलअबिब स्थीत नेबेशनान ४६ मा बिहान १० बजे हुने उक्त कार्यक्रममा नेपाली भाषा, कला, सांस्कृतिक, एबम सांस्कृतिक कार्यक्रमको साथमा “मृतसागरका सुस्केरा” पुस्तकको बिमोचन कार्यक्रम समेत रहेको  छ |

उक्त  कार्यक्रममा इजरायलमा रहनुहुने सम्पूर्ण  नेपाली साहित्यकार, साहित्यानुरागी,  कला क्षेत्रमा आबद्ध प्रतिभावान कलाकारहरुलाई लगायत इजरायलमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा उक्त कार्यक्रम सफल बनाउन आयोजक संस्थाहरुले  उपस्थितको लागि सबैमा अनुरोध समेत गरेका छन् 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = eight