इजरायल देखी फर्किएका लक्ष्मीधर गौतमले गरी दीए बिधवा बुहारीको विवाह

इजरायल बिसेष

तिनजुरे अनलाइन

गुल्मी जिल्लाको शान्तिपुर घर भई हाल बुटवल बस्दै आएका लक्ष्मीधर गौतमले आफ्नी बिधवा बुहारी धना न्यौपानेको बिवाह गरि दीएका छन !

लामो समय इजरायलमा रहि प्रवासि नेपाली मंच इजरायलका सल्लाहकार तथा विभिन्न संघ संस्थामा आबद्ध रहेर सामाजिक काम समेत गर्दै आएका गौतमले नेपाल फर्केको एक महिनामा नै बुहारी धनालाई अमृत पौडेल सङ बिवाह गरिदीएका हुन !

बुटवल बसेर इलेक्ट्रोनिक्स पसल चलाउदै आएका
जेठो छोरा ध्रुव गौतमको करेन्ट लागेर तीन वर्षअघि निधन भएको थियो। निधनको समयमा ध्रुव २७ वर्षका थिए। निधनको तीनवर्ष अघि नै २०७४ ध्रुवको धनासँग बिहे भएको थियो।

बुहारी धना २४ बर्षको कलिलो उमेरमा विधवा भए सङै ‘नातिनातिना भएका थिएनन् त्यसपछि लक्ष्मीधरले बुहारीलाई सान्त्वना दिएका थिए। ‘मेरा तीन छोरा हुन्, उ त बितिगयो। तर, बुहारीका रुपमा तिमि पनि छोरा नै भयौं भनेर सम्झाउने कोसिस गरेको थिएँ,’ लक्ष्मीधर सम्झिन्छन्,‘तिम्ले लिने निर्णय मलाई भन। यतै बस्छौं, तीन भाइको अंश कायम नै छ, बिहे गर्छौं भने छोरी झैँ अन्माएर पठाउँछु भनेँका थिए !

तिन बर्ष बिधवा बनेकी बुहारी धनाले गौतम नेपाल फर्के लगत्तै अमृत पौडेल र उनि एक अर्कालाई मन पराएर विवाह गर्ने प्रस्ताव ल्याएका थिए, कलिलो उमेरमै श्रीमानको निधन भएमा समाजमा कोहि पनि नारी बिधवा भएर बस्न नपरोस भन्दै आफुले छोरी सरह विवाह गरिदीएको गौतम बताउछन् !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifty five ÷ = 11