क्याच एन्ड सर्भवल नेपालको इटहरीमा परिचयात्मक कार्यक्रम सम्पन्न, चाडैं इटहरिमा बिस्तार हुने !

खेलकुद

तिनजुरे अनलाइन!

कादम्बरी दाना श्रेष्ठ /काठमाडौं

इटहरीमा महिलाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरूको स्वास्थ्य, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले Catch’n Serve Ball खेलको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ!

गत हप्ता इटहरीस्थित The Itahari Garden Restaurant मा रेखा श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जितेन्द्र थापा प्रमुख अतिथि तथा मनास्लु महिला क्षमता विकास केन्द्रकी अध्यक्ष कादम्बरी दाना श्रेष्ठ सभापति रहनुभएको थियो! कार्यक्रममा इटहरि उप-माहानगर पालिका कि अग्रज समाजसेवी श्रीमती पिङला कोइराला, The Itahari Garden का सञ्चालक श्री श्याम श्रेष्ठ लगायत विभिन्न क्षेत्रका महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो!

कार्यक्रमका सभापतिले कार्यक्रममा Catch’n Serve Ball खेलको उद्देश्य, नियम तथा महिलाको शारीरिक, मानसिक र सामाजिक सशक्तीकरणमा यसको भूमिकाबारे जानकारी गराइएको थियो त्यस्तै प्रमुख अतिथि जितेन्द्र थापाले महिला दिदिबैनिहरुलाई यस खेलको लागि आवश्यक सामग्री र वाडामा रहेको खेल मैदान को ब्य्बस्था गर्नुहुने प्ररिबद्दता गराउमु भयो साथै सहभागीहरूले इटहरीमा यस खेललाई विस्तार गर्दै नियमित अभ्यास तथा प्रतियोगितामार्फत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन!

आयोजकका अनुसार Catch’n Serve Ball को भव्य उद्घाटन कार्यक्रम सहित कार्यसमिति छिट्टै इटहरीमा गठन गरिनेछ। यो खेलमा उमेरको कुनै सीमा नरहेको भन्दै सम्पूर्ण खेलप्रेमी महिलादिदीबहिनीहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ!!

·

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ eight = fourteen
Powered by MathCaptcha