राष्ट्रिय कलाकारका साथमा नेपाल मगर संघ शाखा इजरायलले ‘माघ्या सकराटी संगीतिक कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन !                                        नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकार हरुको साथमा
नेपाल मगर संघ शाखा इजरायलले ‘माघ्या सकराटी संगीतिक कार्यक्रम २०७९ गर्ने भएको छ !

आउदो १३ जनवरी २०२३ शुक्रबार तेलअबिब बसपार्कको तेस्रो तला एभरेस्ट डिस्को हलमा साझ ७ बजे देखी सुरु हुने कार्यक्रममा राष्ट्रिय नेपाली कलाकार हरु द भोईस अफ नेपाल सिजन ३ की पहिलो रन अ रप तारा सिरिस मगर, त्यस्तै गायक मोडल रमेश थापा मगरले भब्य प्रस्तुति दिने बताईएको छ !

भेषभुषा ,भाषा ,धर्म ,संस्कृतिको संरक्षण एवं बिश्व भरिका मगरहरुको एकता अहिलेको आबस्यकता भन्ने मुल नाराका साथ हुन लागेको कार्यक्रममा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने उक्त कार्यक्रमको आयोजक संस्थाले सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।

उक्त कार्यक्रममा इजरायल बस्दै आइरहनुभएका सम्पूर्णलाई उपस्थितीको लागि आयोजक संस्थाले अनुरोध गरेको छ ।
यस्तो छ सुचना

।हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !

झोर्ले तथा साङ्गितिक🎶 अभिबादन 🙏

“मौलिक पर्बको प्रवर्द्धन र पहिचान साथै अक्षयकोष अभिवृद्धि लागी ” नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा यहीँ आउँदो मिती १३ जनवरी २०२३ शुक्रबार साँझ नेपालबाट आमन्त्रित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु: द भ्वाईस अफ नेपाल सिजन ३की उपबिजेता गायिका श्री तारा श्रीस मगर ज्यु तथा कलाकार ,गायक तथा मोडेल श्री रमेश बाबू थापा मगर ज्यु साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति सहित मगरहरुको मुख्य पर्व माघ्या सकराटी {मिनाम ल्हेस ५०१६}को अबसरपारी – “माघ्या सकराटी संगीतिक साँझ २०७९ “कार्यक्रम निम्न मिति ,स्थान र समयमा गर्न गईरहेको हुँदा इजरायलमा स्थापित सम्पुर्ण संघ ,संस्था ,मिडियाकर्मी साथिहरु लगायत इजरायलमा कार्यरत सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।कार्यक्रममा चाड विशेष मगर परिकारहरुको साथै खानु, पिउनुको पनि राम्रो प्रबन्ध रहेको जानकारी गराउदछौ ।जिलौ !

मिती :१३ जनवरी २०२३ शुक्रबार
स्थान : एभरेस्ट क्लब ,तखना मर्कजित – तेल अभिब इजरायल ।
समय : ७:०० बजे साँझ

आयोजक:
नेपाल मगर संघ शाखा इजरायल ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × = nine