बिरामी कुरुवा भवन निर्माणका  लागी समाजसेवि इशा गुरुङ र समाजसेवि सुनिता गुरुङद्वारा सहयोग !

समाचार

तिनजुरे अनलाइन !

हाम्रो टिम नेपाल र १०० ग्रुपको पहलमा  काठमाडौँमा बन्दै गरेको बिरामी कुरुवा घर निर्माणका लागी पोखरा घर भई हाल बेलायतमा रहनु हुने समाजसेवि इशा गुरुङ तथा धरान घर भई हाल इजरायमा रहनु हुने समाजसेवि सुनिता गुरुङ द्वारा ४ लाख रुपैयाँ सहयोग  हस्तान्तरण गरेका छन !                                                                                                                          देश भरिका विभिन्न बिकट क्षेत्रबाट काठमाडौँमा उपचार गराउन  आउने गरिब तथा आर्थिक अबस्था कमजोर  भएका ब्यक्ति बिरामीहरुको कुरुवाका लागि ”काठमाडौं को गौरीघाट र पशुपति नजिकै गुहेस्वरि पछाडि बन्दै गरेको भवन निर्माणका लागी आज कुलमान घिसिङको आतिथ्यतामा सिलन्याश समेत भएको छ !

दुई समाजसेवि गुरुङ दिदि बहिनी द्वारा केहि हप्ता अघि पाँच पाँच लाख रुपैया सहयोगको प्रतिबद्धता गरे सङै पहिलो चरणमा दुई दुई लाख रुपैया आज सहयोग गरेका हुन उक्त सहयोग रकम समाज सेवि सुनिता गुरुङका श्रीमान राम गुरुङ द्वारा हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तलाइ हस्तान्तरण गरिएको सुनिता गुरुङले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन !                                                                                                  उक्त भवन काठमाडौँमा उपचार गर्न आउने बिरामी कुरुवाहरुलाइ आवस्यकता अनुशार प्रयोगमा ल्याउन सक्ने र यसबाट गरिब तथा आर्थिक अवस्था न्यून भएकाहरुलाई काठमाडौँका महंगा होटेल र लजमा तिर्नु पर्ने ठुलो धन राशी जोगिने र पीडितलाइ लाई राहत हुने महसुस गर्दै भवन निर्माण गरिन लागीएको जानकारी गराईएको छ!

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =