नेपाल सम्बत ११४२, स्वन्ति नख: र म्ह:पुजाको उपलक्षमा इजरायलमा विशेष कार्यक्रमहरु हुदै|

इजरायल बिसेष

तीनजुरे अनलाइन |
नेपालीहरुको महान पर्व स्वन्ति नख: म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ नयाँ बर्षको अबसरमा राष्ट्रिय नेवा:खल:ईजरायलले धार्मिक तथा सांस्कृति झल्कने विशेष कार्यक्रमहरुको आयोजना गरेको छ |

इजरायल सहरको तेलअबिब स्थित नया बसपार्कको एभरेस्ट डिस्को हलमा नोभेम्वर ५ तारीखका दिन इजरायली समय अनुसार साझ ६:३० बजेदेखि सुरु हुने कार्यक्रममा म्ह:पुजा न्हुं दँ (नयां बर्ष) बलिहाङ तिहारको शुभ कामना आदानप्रदान, नेपाली मौलिक नेपालभाषा गीत साहित्य, नृत्यको साथमा अन्य नेपालीभाषाहरु तामाङ,मगर, गुरुङ ,पर्बते खस ,लिम्बू ,भाषाहरु साथमा विभिन्न सास्कृतिक कर्यक्रम हुने लागेको राष्ट्रिय नेवा: खल: इजरायलकी महासचिब ज्योति प्रधानले जानकारी दीएकी छन् |

म्ह पूजा
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म्ह पुजा मण्डलको चित्र
म्ह पुजा मण्डलको चित्र
समुदाय हिन्दु तथा बौद्ध नेवार समुदाय
प्रकार गो कन्या शंख भेरी दधि फल कुसुमं पावको दिपमाला
तुष्टा सर्वार्थसिद्धि विमलसुमनसा मङ्गलं वो दिशन्तु ।।

(मङ्गलाष्तव स्तोत्रको नवौ पंक्तिबाट उद्धरित)
महत्व आत्म पुजा, आत्म दर्शन
२०२१मा date missing (please add)
म्ह पुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पुजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पुजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्ह पुजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पुजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्ह पुजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।[१] [२][३] [४]

विषयसूची
१ पुजाको अर्थ र महत्त्व
२ पुजा विधि
३ मण्डलको भावार्थ
४ भोज
५ सन्दर्भ सामग्रीहरू
६ यो पनि हेर्नुहोस्
पुजाको अर्थ र महत्त्व
यस दिन परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको पाइन्छ ।किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।
पुजा विधि
यस पुजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुर्इंमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुर्इ वटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचोको लागि पनि मण्डल वनाइन्छ । मण्डललाई रँगहरू प्रयोग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।

परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्दछ । परिवारको सवैभन्दा जेठी आमाले शुरूमा सूर्य रूपी सुकुण्डालाई पुजा गरी सवै मण्डलहरू पुजा गर्दछ । तत् पश्चात् सबैलाई ‘धौ सगँ’ दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पुजा गरी जेठी आमाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिर्इ भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचौरा भुर्इमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथाश्रद्धा दक्षिणा दिइन्छ ।

म्ह पुजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ । माथि गरिएको वर्णन अनुसारको पुजा अधिकांश समुदायहरूले गर्ने विधि हुन् ।

मण्डलको भावार्थ

अष्टमङ्गाकिंत अष्टदल पद्माकार मण्डल
मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पुजा साधना प्रयोजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ ।[५][६][७] यसर्थ म्ह पुजा मण्डलले म्ह (आफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलाई समावेश गरी मण्डलको मध्य विन्दुमा आफूलाई राखिन्छ । मण्डलको बिविध अङ्ग तथा पक्षहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

चुनढुंगाको धुलोको प्रयोगः म्ह पुजाको मण्डल चुनढुंगाको धुलोबाट लेखिन्छ । चुनढुंगा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलाई सीधै हातमा लिर्इ मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल वनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पुजा पश्चात् मेटाउनु पर्ने भएकोले हो । आफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलाई तुरून्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल आफ्नै निर्मित प्रतिविम्व मात्र हो यसरी नै आफूको रूपमा मानिएको ‘म’ को भावना, आफ्नो भौतिक रूप (physical aspects) तथा चेतसिक (psychic aspects) दुवै पक्ष एेना भित्र देखिने प्रतिविम्व समान हुन् भन्ने थार्थ दर्शनलाई बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो ।[८][९] आजभोली धातुको मण्डल वनाई त्यसमा केहि धुलोको प्रयोग गरी पनि म्ह पुजा गर्न थालेको पाइन्छ ।

अष्तदल पद्माकारः म्ह पुजा मण्डल आठवटा पात भएको कमलको फूलको स्वरूपमा वनाइन्छ । म्हः (आफू) लाई कमलको फूलको रूपमा प्रतिविम्वित गर्नु ब्यक्तिको आदर्श रूप हो । जसरी कमलको बोट हिलोबाट निस्केको भएतापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलो प्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसार रूपी हिलोबाट माथि उठ्न सक्ने आदर्श स्वभाव सवै ब्यक्तिहरूमा विद्यमान छ तर यसलाई नचिनेको कारण वा विर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको आकृति पद्माकार वनाइएको हो । पद्मको अर्को अर्थ पवित्रता हो । राग, द्वेष र मोह रूपी दलदलबाट अलग्ग रही काय, वाक् र चित्तका कर्महरू शुद्ध राखिरहने आदर्श रूप ‘म’ हो भन्ने अनुभूति गराउने पनि यसको उद्देश्य हो ।

कमलको आठवटा पातको अर्थ अष्टमंगल, आर्य अष्टाङ्गिक मार्ग हो ।

शैव परम्परानुसारको षट्कोणाकार मण्डल
षट्कोणाकारः हिन्दुमतानुसार वनाइने मण्डलचाहिं षट्कोणाकार हुन्छ। शैव परम्पराको षट्कोणले प्रकृति र पुरूष वा शिव र शक्ति को एकत्वको स्वरूप नै आफू भएको ज्ञानबोध गराउन खोजिएको हुन्छ । [२][३]

मण्डलको बीचको वनाइने संकेन्द्रित (Concentric) वृतहरूः .[१०]

अधिकांश प्रचलनहरूमा बीचको विन्दु वरिपरि ४ वटा संकेन्द्रित वृतहरू वनाइन्छ । तिनीहरूको प्रतिक निम्नानुसार छ ।[११] [१२]

तेलको मण्डल – छिटो नसुक्ने लामो समय सम्म टिकी रहने तत्व, चेतन तत्व, नामस्कन्ध
आखे (खैरो चामलको पूर्ण अन्न) – अखण्डता, पूर्णता
धान – पुनरावृति, पुनर्जन्म
लावा (ताय्) – हेतु प्रत्येय, कार्य र कारणको उपज
कसैकसैले मण्डलको बीचमा ६ वटा वृतहरू कोरेको पनि पाइन्छ । यी मध्ये सवै भन्दा भित्र चेतन तत्वको प्रतिकको रूपमा तेलको वृत र पञ्चतत्वको प्रतिकको रूपमा क्रमशः आखे (खैरो चामलको पूर्ण अन्न), कालो मास, धान, कालो भटमास र लावा (ताय्) का वृतहरू वनाइन्छ ।

ख्यलुइता बाल्नु

८ देखि १० इन्चि सम्म लामो गरी वनाइने कपडाको वत्ती दुइ थान मण्डलको छेउमा राखिन्छ । मण्डल पूजा पश्चात् ती वत्तीहरूको दुवै छेउ बाली तेर्सो र ठाडो पारी प्लस आकारमा मण्डल माथि बालिन्छ । यसको प्रतिकात्मक अर्थ आफूमा सर्वाङ्गीणरूपमा ज्ञानको दीपक प्रज्ज्वलित गर्नु हो । ज्ञानको दीपक बालेको तत्क्षणमा नै अज्ञान रूपी अन्धकार हराउँछ । आफू र जगतको यथार्थ छर्लङ्ग हुन्छ ।

भोज

अष्टमात्रिका मण्डल रूपी भोजको थाली
पूजाको अन्तमा सवै परिवारजन एकै पंक्तिमा वसी सुन्दररूपमा सिंगारिएको मण्डल माथि नै थाल राखी परम्परागत नेवाः भोज खाइन्छ । जति सुकै राम्रो सिंगारिएको भए पनि त्यस मण्डलको सुन्दरतामा पटक्कै आशक्त नभर्इ मण्डल विग्रिएला भन्ने सुर्ता नलिइकन अष्टमात्रिकाका प्रतिक स्वरूप आठ परिकारयुक्त भोज खाइन्छ । भोज समाप्त भए पश्चात् मण्डल र थाली रात भरिका लागि त्यतिकै छोडिन्छ र भोलि पल्टमात्र भुइ बढारेर सफा गरिन्छ ।

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

66 ÷ = eleven