राष्ट्रिय कलाकारहरुको साथमा इजरायलमा तीज धमाका २०८२” साङ्गितिक कार्यक्रम हुदै !

समाचार

काठमाडौं,
हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको अबशरमा प्रवासी सृजनशिल महिला समूह इजरायलले विभिन्न साङ्गितिक कार्यक्रम सहित भब्य रुपमा “तीज धमाका २०८२” को आयोजना गरेको छ !

उक्त कार्यक्रम सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु खेम सेन्चुरि, जानुका तामाङ नेपाल बाट इजरायल आउने साथै इजरायलमा कार्यरत स्थानिय कलाकारहरु कल्पना लावति, माया खनाल, पारस घिसिङ तामाङ,सुमित रसाइलि लगायतका कलाकारहरुले समेत प्रस्तुति दिने बताईएको छ !

तेल अविबको हागना १३५ मा हुन लागेको तीज विशेष कार्यक्रम प्रवासी सृजनशिल महिला समूह इजरायलले नेपालबाट कलाकारहरू निमन्त्रणा गरि “तीज धमाका २०८२” मनाउन भब्य रुपमा मनाउन लागेको संस्थाकी संरक्षक कल्पना नेउपाने जानकारी दीएकी छन् !

अघिल्ला वर्षहरूमा तीज पर्व पारेर यस्ता सांस्कृतिक कार्यक्रम अन्य संघसंस्थाहरूले गर्दै आएका थिए। यस वर्ष भने महिलाहरूको नेतृत्व एवं व्यवस्थापनमा तीज विशेष कार्यक्रम हुन गइरहेको छ।

अगष्ट १५ तरिख शुक्रबार बेलुका ८ बजेबाट सुरु हुने कार्यक्रममा इजरायलमा कार्यरत सम्पूर्ण नेपाली एवं नेपाली भाषी दाजुभाई दिदीबहिनीहरूलाई आयोजकले उपस्थित भई दर खादै छमछमी नाचेर तीज मनाउन अनुरोध गरेको छ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

49 − forty seven =