क्याच एण्ड सर्भ बल”अब, नेपालमा पनि, भब्यरुपमा उद्घघाटन !

समाचार

तिनजुरे अनलाइन!

क्याच एण्ड सर्भ बल”को आधीकारीक उद्घघाटन गत शनिवार एक कार्यक्रमका साथ काठमाडौंको मुलपानीमा सम्पन्न भएको छ !

गोकर्णेश्वर नगरपालिकाको मुलपानी स्थित WOW COZY LOUNGE AND RESTURANT मा राष्ट्रिय सभा सदस्य डा.अन्जना शाक्य तथा बिशेष अतिथि नेपालकालागि इजरायली राजदुत महामहिम स्मुलिक अरिबास,राष्ट्रिय आदिवासी महिला महासंघका अध्यक्ष निमि शेर्पाको उपस्थिति रहेको थियो।

महिला दिदीबहिनीहरुलाई खेलकुदमा संलग्न गराई महिला सहभागिता,नेतृत्वको बिकास,सशक्तिकारण,आत्माविश्वास र सामाजिक सद्भाव तथा मित्रताको भावना सृजना गर्दै,चुलो चौकादेखी खेल मैदानसम्म निस्कन प्रोत्साहन दिने मूल उद्देशको साथ “मनास्लु महिला क्षमता विकास केन्द्र” ले यस खेललाई नेपालमा भित्राएको कार्यक्रमकी सभाध्यक्ष कादम्बरि दाना श्रेष्ठले जानकारी दिनु भएको थियो ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदुत महामहिम स्मुलिक अरिबासकी श्रीमती मीरव पेलेग बास छोरी नोया बास विशेष अतिथीमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष निमि शेर्पा , राष्ट्रिय गोजुरियो कराँते दों संघका अध्यक्ष युवराज लामा ह्योल्मो राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ सदस्य कराते प्रशिक्षक केदारनाथ श्रेष्ठ जिल्ला खेलकुद बिकास समिति ललितपुरका कराँते प्रशिक्षक बिनोद श्रेष्ठ ,नेफिन इजरायलका संस्थापक महासचिव एवं पूर्व अध्यक्ष सुन्दर योञ्जन तामाङ उहाको धर्मपत्नी सोनी सिंह तामाङ शेर्पा संघ इजरायलका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा नेपाल तामाङ घेदुङकी पूर्व अध्यक्ष चन्द्रमाया बम्जन तामाङ ,कल्पना मोक्तान तामाङ ,पूर्व राष्ट्रिय फुटवल खेलाडी श्री सुन्दर नेपाल , अधिवक्ता तथा समाज सेवी विष्णु पाठक टीका राम रेग्मी ,राष्ट्रिय कलाकार सरिता शाही , कृषि उद्योग मार्ट का अध्यक्ष एवं कृषि अभियान्ता खोजराज कटुवाल ज्यू, जनसुधार टोल बिकास समिती गोकर्णेश्वर-४,अध्यक्ष उत्तम प्रशाद दाहाल ,माँ ओशो प्रेम सुगन्धा लगायतको उपस्थिती रहेको थियो !

“मनास्लु महिला क्षमता विकास केन्द्र”की अध्यक्ष कादम्बरी दाना श्रेष्ठको सभाध्यक्ष रहेको कार्यक्रमको संचालन कोषाध्यक्ष निर्मला गुरुङले गरेकी थिइन। त्यस्तै कार्यक्रममा उपस्थित सम्पूर्णलाई उपाध्यक्ष पेम्बा डोल्मा ह्योल्मोले स्वागत मन्तब्य राखेकी थिइन।

कार्यक्रममा “मनास्लु महिला क्षमता विकास केन्द्र” को कार्य समिति गठन गरिनुको साथै प्रमुख अतिथिबाट सपथ ग्रहण गराईएको थियो।

कार्यक्रममा खेलाडीहरुको विभिन्न समुह गठन गर्नुको साथै बिगतका खेलमा उत्कृष्ट भएका खेलाडीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि डा.अन्जना शाक्य,बिशेष अतिथि स्मुलिक अरिबास लगायत अन्य अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा उपस्थित हुने प्रमुख अतिथि,बिशेष अतिथि लगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

 

फोटो झलक

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty seven − twenty =