नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या|

समाचार

काठमाण्डौ :

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य समस्या देखिएको छ। नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ।

नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले ब्यवस्थापन गरिरहेका छन्।

कोरोनाको जस्तो लक्षण देखिएकाले उनीहरू अहिले होम आइसोलेशनमा बसेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।

उपचारका लागि बर्षमान पुन थाइल्यान्ड प्रस्थान

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्।

पुनलाई लामो समयदेखि जण्डिसले सताएको छ। चार वर्षअगाडि पनि जण्डिसले स्वास्थ्यमा समस्या देखाएपछि थाइल्याण्डमा उपचार गराइएको थियो। पुनको सचिवालयका अनुसार बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।

सुमेरु अस्पतालमा उपचार गराएका पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएपछि थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × = 28