नेपाल  तामाङ घेदुङ इजरायलको अध्यक्षमा कुमारी गल्देन तामाङ चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

नेपाल  तामाङ घेदुङ इजरायलको १५ औं वार्षिकोत्सव तथा ११ औं अधिवेशन गत  शुक्रबार इजरायलको  तेलअभिबमा सम्पन्न भएको छ

उक्त अधिवेशनले अध्यक्षमा कुमारी गल्देन तामाङलाई चयन गरेको हो  ।
त्यस्तै  वरिष्ठ उपाध्यक्षमा सुनील रुम्बा तामाङ, उपाध्यक्षहरुमा अशोक कुमार थोकर तामाङ, रीता घलान तामाङ, डोल्मा गोले तामाङ, डीकामाया तामाङ (रञ्जना), सोनाम लोप्चन तामाङ, महासचिवमा पारश घिसिङ तामाङ (प्रेम), उप – महासचिवमा सुरेन्द्र कुमार योञ्जन तामाङ, सचिवमा अस्मिता गोले तामाङ, कोषाध्यक्षमा रुविना घिसिङ तामाङ, सह-कोषाध्यक्षमा राजन घिसिङ तामाङ चयन हुनुभएको छ ।

साथै  सदस्यहरुमा लीलावति वाईबा तामाङ, श्यामलाल जिम्बा तामाङ, अनमोल घिसिङ तामाङ, कल्पना मोक्तान तामाङ, जीत बहादुर तामाङ, कोपिला बम्जन तामाङ (माया), पुष्प मोक्तान तामाङ, विष्णु पाख्रीन तामाङ, नीमा ब्लोन तामाङ, गणेश तामाङ, शंकर बोम्जन तामाङ, कुमार घिसिङ तामाङ, प्रकाश दोङ तामाङ, माया योञ्जन तामाङ, सीता ब्लोन तामाङ, सुनीमाया तामाङ, सामुहिल घिसीङ तामाङ, सोनाम योञ्जन तामाङ, शरण थिङ तामाङ, उत्तम लामा तामाङ, नीरु लामा तामाङ, अङ्गीता थिङ तामाङ, आइशा घिसिङ तामाङ, सोनाम रुम्बा तामाङ, अभिषेक दोङ तामाङ ,चिनीमाया तामाङ र मनोज गोले तामाङ रहेका छन् ।

त्यस्तै गरी सल्लाहाकार समिति र संरक्षक परिषद समेत  गठन गरेको छ । सल्लाहाकार समितिको प्रमुखमा मदन नेगि तामाङ र सल्लाहकारहरुमा सुमित्रा मोक्तान तामाङ, सविता पाख्रीन तामाङ र दल बहादुर लोप्चन तामाङ रहेका छन् । त्यसैगरि संरक्षक परिषदका सदस्यहरुमा शंकर गोले तामाङ (छत्र), नानीमाया योञ्जन तामाङ, रोजी मोक्तान तामाङ र एलिजा दोङ तामाङ निर्वाचित भएको नेपाल तामाङ घेदुङ इजरायलले जनाएको छ ।

संस्थाका अध्यक्ष मदन नेगी तामाङको अध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष सुर्य राना मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा  विभिन्न, जातिय र सामाजिक संघ – संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

उक्त अधिवेसनकी नवनिर्वाचित अध्यक्ष कुमारी तामाङले आफूलाइ अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएकोमा सबैलाई धन्यवाद दिदै  । आफ्नो नेतृत्वको नयाँ टिमले आगामी दिनमा संस्थाको हित र संरक्षणको निरन्तर लाग्ने कुरा बताउनु भएको छ!

तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपि, संस्कार र संस्कृतिको प्रवद्र्धन र संरक्षण गरौं, ताम्सालिङ प्राप्तिको लागि एकजुट होऔं” भन्ने मूल नारा इ स २०१० मा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 2 =