तमु समाज इजरायलको दशौ साधारण सभा सम्पन्न अध्यक्षमा बिन्दु गुरुङ चयन !

इजरायल बिसेष

तिनजुरे अनलाइन !

तमू समाज इजरायलको दसौं साधारण सभा गत १४जुलाई २०२३ शुक्रबार साँझ तेल अभिव स्थित नोकिया पार्कमा खुशि क्ल्हे तमुस्यो को सभापतित्वमा सम्पन्न भएको छ !

उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेफिन इजरायलका अध्यक्ष कुमार आङदेम्बे (अवि) त्यस्तै नेपाल आदिबासि जनजाती महासंघ इजरायलका सदस्य सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु इजरायलमा कार्यरत नेपाली हरु साथै मिडियाकर्मी लगायतको उपस्थित रहेको थियो !

कार्यक्रम मा उपस्थित नेफिन इजरायलका अध्यक्ष तथा आवद्ध सदस्य संस्थाका अध्यक्ष तथा प्रतीनिधिले तमु समाज इजरायलले गरेको कामको प्रशंसा गर्दै आगामि दिनमा तमु समाजले आत्मासाथ गरेको मुल नारा, उद्धेश्य र समग्र समुदाय प्रति अझ सशक्त , रचनात्मक अनि जवाफदेहि भएर आफुलाई सधै प्रस्तुत गरोस भन्ने शुभेच्छा सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

नेफिन इजरायलका अध्यक्ष कुमार आङदेम्बे (अबि )ले मन्तव्य राख्दै राज्य भाषा लिपि संस्कृति दबाउन राज्य लागेको र आफ्नो भाषा लिपि संस्कार संस्कृति जोगाउन सबै एकजुट हुने पर्ने धारणा व्यक्त गरेका थिए साथै पुर्बमा भएको पहिचान को आन्दोलन कोशि नामाकरण खारेज गरि पहिचानका आधारमा प्रदेशको नामकरण गरिनु पर्ने आबस्यकता मात्र नभएर संविधान को मर्म र भावना पनि रहेको बताएका थिए ।

दशौ अधिवेशन खुशि क्ल्हे तमुस्योको कार्यकाललाई बिगठन गर्दै निर्वाचन समितिकि संयोजक निर्मला तमुस्योले दुई बर्षका लागी अध्यक्ष -बिन्दु तमूस्योको अध्यक्षतामा नया कार्यसमिति चयन भएको बताउनु भएको  थियो !

नया समितीमा १.अध्यक्ष -बिन्दु तमूस्यो,
२.प्रथम उपाध्यक्ष – नरमाया तमूस्यो
३) द्वितिय उपाध्यक्ष – डिबी तमू
४) तृतीय उपाध्यक्ष -शान्ति तमूस्यो
५) महासचिब – रेखा तमूस्यो
६) सचिव – सोनी तमूस्यो
७) सहसचिब – खोप्स तमू
८) कोषाध्यक्ष – गयात्री तमुस्यो
९) स-कोषाध्यक्ष – मनु तमुस्यो
सदस्यहरू
१) दिपक तमू
२) बिना तमूस्यो
३) खुशी तमूस्यो
४) सबु तमूस्यो
५) तेज माया तमूस्यो
६) योगेन तमू
७) अन्जलि तमूस्यो
८) उर्मिला तमूस्यो
९) इन्द्र तमू
१०) धना तमूस्यो
११) बिरेन तमू
१२) महेश तमू
१३)सुशील क्ल्हे तमू
१४)अनिल तमू
१५)प्रेम तमू
१६) कविता तमूस्यो
समरक्षक समिति सदस्य
१) डिक कुमार तमू
२) निर्मला तमूस्यो
३) आसमाया तमूस्यो
४) ओम तमू
प्रमुख सल्लाहकार
१) खुशी क्ल्हे तमूस्यो
सल्लाहकारहरु
२) हरीमाया तमुस्यो
३) रिता घले तमुस्यो रहेका छन !
“शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ प्रवास भूमि इजरायलमा कार्यरत सम्पूर्ण तमूहरुलाई एकीकृत गरि तमू जातिको मौलिक भेष भुषा, भाषा, लिपि, कला, संस्कार, संस्कृति र पहिचानको सम्बर्द्धन , प्रबर्द्धन गर्दै आपसी सद्भाव, सामाजिक सदभाव कायम राख्दै भई परि आउने कठिन परिस्थितिमहरुमा आर्थिक, नैतिक, भौतिक रुपमा साथ सहयोग गर्ने उदेश्यले इ. स. २०००६ मा इजरायलमा स्थापना भएको हो !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

37 + = thirty eight