साहित्यकार कादम्बरि दाना श्रेष्ठको “इमा” साहित्यिक पुस्तक बिमोचन हुने !

इजरायल बिसेष

तिनजुरे अनलाइन!
गीतकार तथा साहित्यकार कादम्बरि दाना श्रेष्ठको “इमा” साहित्यिक पुस्तक इजरायलमा बिमोचन हुने भएको छ !

आउदो डीसेम्बर २७ तारिख इजरायलको रोशपिना २२तेल अभिवमा
उक्त साहित्यिक पुस्तक बिमोचन हुन लागेको हो !

इजरायलि भासामा आमालाई “इमा” भनिन्छ आफुले लामो समय हेरचाह गरेर दिवंगत हुनु भएकी इजरायली इमा आमा “माया वाइन” को पवित्र स्मृतिमा तयार गरिएको कृति “ईमा” पुस्तकको विमोचन गरिन लागीएको साहित्यकार श्रेष्ठले जानकारी दिनु भएको छ !

उक्त कृति, “ईमा” बाट पाएको माया ममता, प्रेरणालाई ऋण शब्दमा उतार्ने प्रयास गरिएको छ !

रोशपिना २२ तेलअभिवमा बिमोचन हुने कृतिमा १५८ पन्ना रहेको साथै अङ्ग्रेजी र नेपाली दुबै अक्षरमा लेखीएको बताईएको छ !

उक्त कार्यक्रम सफल बनाउन इजरायलमा रहेका नेपाली भासि साहित्यि प्रेमी मनहरु उपस्थितको लागी निमन्त्रणा गरिएको छ !!

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− three = two