हिन्दु जागरण नेपाल अभियान इजरायलको आयोजनामा,इजरायलमा श्रीस्वस्थानी ब्रत कथा तथा महाशिवरात्री बिशेष वृहत अध्यात्मिक प्रवचन हुने

इजरायल बिसेष

हिन्दु धर्मालम्वीहरुको पर्व श्रीस्वाथानी तथा महाशिवरात्रीको अवसरमा हिन्दु जागरण नेपाल अभियान इजरायलले आगामी २२ फेबु्रअरी २०१९ शुक्रबारका दिन बृहत अध्यात्मिक प्रवचनको आयोजना गर्दैछ ।

उक्त कार्यक्रमको पहिलो चरणमा श्रीस्वस्थानी ब्रत कथा समापन(सांगे) तथा शिबको पुजा अर्चना गरिने छ भने कार्यक्रमको दोस्रो चरणमा बालब्यास पण्डित मकुन्द नेपालको सुमधुर बाणीद्वारा बृहत अध्यात्मिक धार्मिक प्रवचन श्रवण गर्न सकिने हिन्दु जागरण इजरायलले जनाएको छ ।

यस बृहत धार्मिक प्रवचनमा इजरायलबासी सम्पूर्ण नेपालीहरुलाई उक्त आध्यात्मिक प्रवचनको लाभ लिन हिन्दु जागरण नेपाल अभियान इजरायलले अपिल गरेको छ ।

तेलअभिको एक हलमा ६ बजे देखि सुरु हुने उक्त कार्यक्रममा आयोजकले कार्यक्रमलाई भब्य बनाउन इजरायलमा हुनुहुने सम्पूर्ण इजरायलवासी मान्यजन तथा व्यक्तित्वहरु, सम्पूर्ण धार्मिक, सामाजिक तथा जातीय संघ-संस्थाहरु , अनलाइन मिडियाकर्मीहरु तथा इजरायलवासी सम्पूर्ण धार्मिक मनहरुमा सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध समेत गरेको छ साथै उक्त समयमा कसैले पनि कार्यक्रम न राखी न जुधाई दिनको लागि पनि अनुरोध गरेको छ ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ninety six ÷ = 48