पाथिभरा देवीको दर्शन गरि भोलिको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममा आजको दिन टाढै रहनुनै बेस हुनेछ नजिकिँदा मनमुटाव हुनेछ । अरूकै काममा समय खर्चिंदा आफ्नो काम थाती रहनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) छोटो तथा रमाइलो यात्रा तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसायमा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंक्तिमा आउन सकिनेछ । मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्नेबानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आएभावमा गोचर गर्ने चन्द्रमाले खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकाङ्क्षा पुरा गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबिच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समय तथा परिस्थितिअनुसार चल्न नासक्दा अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागी भई काम गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्नीबिच विवाद बढ्नेछ भने माइती चेलीबिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागि पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नै बलबुताले व्यापार व्यवसायमा लागानी गर्न मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम परसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथी सँग रमाइलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानी बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरू आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुँन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउने ग्रहयोग रहेको छ ।

यो पनि पढ्नुस – धर्म ग्रन्थमा सूर्यलाई प्रधान देवता मानिएको छ। पुराणको अनुसार, प्रत्येक महिनामा सुर्यको एउटा विशिष्ट रुपको पुजा गरिन्छ। त्यसको अनुसार, पौष मासमा भग नामक सुर्यको उपासनाको विधान छ। यो चोटी पौष मासको प्रारम्भ १८ मङ्सिर सोमवारबाट हुँदैछ। जुन पुस १८ सम्म रहने छ। आदित्य पुराणको अनुसार पौष महिनाको हरेक आइतबार केहि सजिलो उपाय गर्नाले व्यतिको हरेक इच्छा पुरा हुनसक्छ। जुन व्यक्तिको कुण्डलीमा सुर्य अशुभ छ ति व्यक्तिहरुले पनि पौष मासको सुर्यसंग सम्वन्धित उपाय गर्नपर्छ।

१. बिहान स्नान गरेपछि तामाको लोटामा शुद्ध जल लिएर सुर्यदेवलाई अर्पित गर्नुस !

२. बिहान सुर्यदयाको समयमा रातो फुल, सिन्दुर आदिले सुर्यदेवको पुजा गर्नुस र सकेसम्म रातो बस्त्र पनि लगाउनुस !

३. रातो चन्दनको मालाले ऊँ घृणी सुर्याय नम: मन्त्रको जप गर्नुस। कम से कम ५ मालाको जप गर्नुस !

४. आइतवार गरिब व्यक्तिलाई गँहु दान गर्नुस ! यसले पनि सुर्यको दोष कम हुन्छ।

५. कुनै विद्वान पण्डितलाई सोधेर रूबीलाई तामाको औठिमा राखेर आफ्नो सालकी औलामा लगाउनुस !

हिन्दु धर्मको परम्परा अनुसार, मृत शरीरलाई जलाउने बेला महिलाहरूलाई मलामी लानुहुँदैन भन्ने विश्वास गरिन्छ। तर, किन थाहा छ?आजको यस धर्मको अङ्कमा, हामी तपाईँहरूलाई प्राचीनकालमा महिलाहरूलाई किन मलामी लान्थेनन् भनेर केहि कारणहरूको जानकारी दिन गैरहेका छौँ।

महिलाहरूले विशेष गरी घर-घरायसी काम गर्ने र पुरुषहरूले घरबाहिरको काम सम्हाल्ने अधिकांस घर परिवारमा चल्दै आएको प्रथा हो। यो प्राचिन समयमा देखि नै यसैगरि चल्दै आएको छ। समय बित्दै जाँदा यो नै परम्परा अनि संस्कृति बन्यो। घरायसी काम महिलाले र परिश्रम पनि बढी पर्ने अनि घर बाहिरका काम पुरुषले गर्ने चलन बन्यो। यसरी नै मलामी जाने पनि पुरुष मात्रको कामको रुपमा चिनिदैँ, गरिदै आयो।

महिला मलाली जानु हुन्न वा पुरुष मात्र मलामी जानु पर्ने कहिकतै शास्त्रमा स्पष्ट उल्लेख भेटिँदैन। बिना कारण केवल प्रथा चल्दै आएकाले नै महिला मलामी जान हुन्न भन्ने विश्वास गरिन्छ। प्राचीन कालमा भने महिलालाई मलामी नलानुका कारणहरू यस्ता थिएः

१. आगोको धूप
प्राचीन दिनहरूमा, पुरुषहरूले लासलाई घाटमा लगेर जलाउँदै गर्दा महिलाले घरको कामधन्ना भ्याउनुपर्ने हुन्थ्यो। साथै, घाटमा गएर फर्केका मलामीहरू घर फर्किएपछि आगोको धूपले चोख्ख्याउनुपर्ने हुन्थ्यो र त्यसैलाई तयार पार्नको लागि महिलाहरू घरमै बस्ने गर्दथे।

२. डरलाग्दो दृश्य
लास जलाउने काम कमजोर मुटु भएकाले गर्ने काम होइन। अघि भर्खरसम्म जिउँदै देखेको मानिसलाई अहिले जलाएको हेर्नुपर्दा जस्तो सुकै कठोर मन पनि भक्कानिन्छ। यस्तो भयानक दृश्य महिलाहरूले हेर्न सक्दैनन् भनेर पनि पहिलेपहिले महिलालाई मलामी पठाउँथेनन्।

३. लास जल्ने समय
हिन्दु धर्मअनुसार, कुनै पनि मानिसको अन्तिम संस्कार गर्दा शरीरलाई पुरैरूपमा जलाउनुपर्दछ। कसैको शरीर त केहि घण्टामै जल्दछ भने कसैको निकै समय पनि लाग्न सक्छ। यस्तो अवस्थामा घरमा बालबच्चा अनि गाईवस्तुको हेरचाह गर्नुपर्ने हुनाले पनि त्यतिबेला महिलाहरूलाई घरमै राख्ने गर्दथे।

४. भूतको डर
मसानघाटमा तड्पिएर बसेका आत्माहरूको (भूत) उपस्थिती हुन्छ भनेर विश्वास गरिन्थ्यो, गरिन्छ। यस्ता ‘भूत’ले कमजोर हृदय भएका महिलाहरूलाई आक्रमण गरेर शरीरलाई अधीनमा लिन्छन् भन्ने पनि विश्वास गर्दै आइएको छ। विशेष गरी कुमारी केटिहरूलाई यस्ता भूतले बढि रुचाउने पनि विश्वास गरिन्छ। त्यसैले पनि मसानघाटमा महिलाहरूलाई जान प्रतिबन्ध लगाइएको थियो।

५. संस्कार
‘आँशु’ले आत्माको बाटो छेक्छ। हिन्दु धर्मको संस्कार अनुसार यस्तो पनि विश्वास गरिन्छ। मरेको मान्छेको अन्तिम संस्कार गरिसकेपछि मात्रै आत्माले बिदा पाउँदछ र यदि त्यहाँ एकथोपा पनि आँशु खस्यो भने त्यो आत्मा सँधै त्यहिँ अड्केर बस्दछ। महिलाहरूले सजिलै आफ्नो आँशु रोक्न सक्दैनन् भन्दै मसानघाटमा प्रवेश निषेध गरिएको थियो।

प्रथा र संस्कृति समय अनुसार परिवर्तन गरिनु आवश्यक हुन्छ। परिवर्तन गर्दा सहज अनि अर्थ बोक्ने प्रथा जरुरी हुन्छ। नत्र प्रथा रुढीवादी हुन्छ, काम नलाग्ने हुन्छ अनि प्रथा र संस्कृतिको अर्थ अर्थ्याउन नसक्दा त्यो प्रथामा चलिरहनुको कुनै अर्थ रहदैन। अर्थ जानौँ, ठिक बेठिक, आवश्यक अनावश्यक संस्कृति छुट्याउन सकौँ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + = six