नेपाली जनसम्पर्क समिती इजरायलको तेश्रो बार्षिकोत्सव तथा ३७औं बिपि स्मृति दिबस सम्पन्न ।

पत्रपत्रिका
तीनजुरे अनलाइन ,
 
नेपाली जनसम्पर्क समिती इजरायलको तेश्रो बार्षिकोत्सव तथा ३७औं बिपि स्मृति दिबस गत  जुलाई २६ तारिक इजरायलको तेलअबिब स्थीत सी साइडमा सम्पन्न भएको छ ।

जनसम्पर्क समिती इजरायलका सभापति खगेश्वर अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा संस्थाका प्रमुख सल्लाहकार डम्बर बहादुर गुरुङ  अतिथिहरुमा संस्थाका सल्लाहकार हरु सुरेन्द्र प्रसाइ, अर्जुन पौडेल, भरत लामा, रमन अधिकारी रहेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका संस्थापक नेता महामानव स्वर्गीय बिपि कोइरालाको फोटोमा माल्यार्पण गरि नेपाली जनसम्पर्क समिति इजरायलको स्थापना दिवसको अवसरमा केक काटेर उद्घाटन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान बजाएर रास्ट्र प्रति सम्मान गर्दै ज्ञात-अज्ञात शहिदहरुलाइ सम्झिदै १ मिनेट मौनधारणा गरिएको थियो ।

महामन्त्री   सुर्य रानाले  संचालन गरेको उक्त कार्यक्रममा   स्वागत मन्तव्य संस्थाकि उपसभापति नितु कार्कीले राख्नु   भएको थियो भने कार्यक्रममा सल्लाहकार सुरेन्द्र प्रसाईं , समाजसेवी नेहा गुरुङ  सहमहामन्त्रीहरु प्रभा घिमिरे  इन्दिरा सुवेदी  महामन्त्री राज छत्कुली  उपसभापति गौरी माया सुवेदीले आ-आफ्नो महत्त्वपूर्ण मन्तब्य राख्नु भएको थियो ।

संस्थाका प्रमुख सल्लाहकार डम्बर गुरुङले मन्तव्यमा वीपीले देखाउनुभएको समाजवादलाइ अगाल्दै देशमा सु-शासन, स्थायित्व अनि आर्थिक बिकासका लागि आगामी दिनहरुमा केन्द्रिय नेताहरुले पहल गर्नुपर्ने सुझाव  राख्नुभएको थियो | अन्त्यमा संस्थाका सभापति खगेश्वर अधिकारीले आफ्नो मन्तब्य राख्दै कार्यक्रम सकिएको घोषणा गर्दै सभा बिसर्जन गर्नु भएको थियो ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 42 = forty seven