इजरायलमा विश्व शान्तिको लागि ‘मणिजप ङोवा, मोलम तथा छोकफुल’ पूजा हुने

इजरायल बिसेष

तेल अविव , इजरायल –  बौद्ब धर्म अनुसार ब्रह्राण्डमा रहेका समस्त मृत तथा जिवित प्राणी जगतको कल्याण र विश्व शान्तिको लागि ” मणिजप ङोवा, मोलम तथा छोकफुल ” पूजा हुने भएको छ  ।

नेपाल आदिवासी जनजाती महासंघ इजरायल र महासंघमा आबद्ब ८ वटा राष्टिय समुदाय संस्थाहरुको संयुक्त आयोजनामा बौद्ब धर्म अनुसार ब्रह्राण्डमा रहेका समस्त मृत तथा जिवित प्राणी जगतको कल्याण साथै विश्व शान्तिको लागि हरेक वर्ष गरिने मणी पुजा प्रवचन  अक्टोबर १९  तारिख कार्तिक ३ गते को लागि आयोजना गरिएको छ ।

तसर्थ विश्वभरि फैलिएको महामारी रोग्, दुघर्टना र विभिन्न कारणबाट अकालमा दिवङ्गत हुन भएका मृत आत्माहरु तथा विशेष गरी विजयादशमीको बेलामा बली र विभिन्न बहानामा हजारौ निर्दोष प्राणिहरुको हत्या गरिने प्रचलन भएको हुँदा निर्दोष मृत प्राणिहरुको आत्माको चिरशान्तीको साथमा विभिन्न रोग र दुर्घटना भएर उपचारको क्रममा रहनु हुने समस्त मानव जिवनप्रती सु–स्वास्थ्य लाभको कामना सहित संसारमा रहेका जिवित प्राणिहरुको हिंशा मुक्त्, कल्याण एवम विश्व शान्तिको दश हजार मणी जप ङोवा, मोलम तथा छोकफुल साथै धार्मिक प्रवचन, बत्ती बाल्ने कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रमम आगामी अक्टोबर १९  तारिख कार्तिक ३ गते  शनिवार अर्थात्  नेपाल संम्वत ११४४ कौलागा द्धितीयमा बिहान ९ बजे हुने भएको छ ।

तेल अविवको यसोद हमला – १८  मा कार्यक्रम आयोजना गरिएकाले इजरायलमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई सहभागी भइदिन आयोजक नेपाल आदिवासी जनजाती महासंघ इजरायलले हार्दिक अनुरोध समेत गरेको छ ।

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventy six ÷ nineteen =